२७ असार २०८१ काठमडौ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा नजाने बताएका छन्।
कांग्रेस र एमालेको गठबन्धनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा आफू नजाने कांग्रेस महामन्त्री शर्माले बताएका हुन् ।
उनले आफू सरकारमा जान नहुने कारण समेत खुलाएका छन्। दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको वौद्धिक सर्कलको चासो र चिन्ता रहरेका कारण प्रतिपक्ष स्वर कमजोर हुन नदिन आफू सरकारमा जान नहुने उनले बताएका हुन् ।
दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको वौद्धिक सर्कलको चासो र चिन्ता पनि छ ।प्रतिपक्ष स्वर कमजोर हुन नदिन पनि म सरकारमा जान हुन्न’ उनले भने ।
शर्मा बिहीबार आफ्नो निर्वाचन क्षेत्र झापा- १ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा पुगेका थिए ।सोही क्रममा उनले यस्तो बताएका हुन् ।
Discussion about this post