१८ असार २०८१ काठमडौ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सरकार निर्माण गर्ने भन्दै एमाले र माओवादीका शीर्ष नेताको बैठक बोलाएका छन् ।
देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरी मंगलबार हुने बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।
देउवाजीले राष्ट्रिय सरकार बनाउने भन्दै प्रधानमन्त्रीलाई तीन दलका शीर्ष नेताको बैठकमा बोलाएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए ।
उनले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीलाई गठबन्धन बनाएकोबारे औपचारिकरुपमा जानकारी नदिएको दाबी गरे ।
प्रधानमन्त्रीसँग मंगलबार बिहानको भेटमा पनि ओलीले राष्ट्रिय सरकार बनाउने कोसिस गरेको बताएको जानकारी दिए ।
देउवाले बोलाएको बैठकमा ओली र दाहालबीच कुराकानी हुने पुनको भनाइ छ
Discussion about this post