१८ असार २०८१ काठमडौ ।
सत्ता समीकरणमा फेरबदलसँगै नेकपा माओवादी केन्द्रले पार्टीको आकस्मिक पदाधिकारी बैठक बोलाएको छ ।
बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति
भएको छ ।
सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।
नेपाली काँग्रेसले पनि हिजो भएको सहमति र नयाँ सरकार गठनबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।
बैठक ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्नेछ ।
Discussion about this post