९ असार २०८१ ।
मोबाइल जर्नालिजम (मोजो)तालिम दमकमा आज तीन दिन पछि सम्पन्न भएको छ ।
पत्रकार मञ्च दमक झापाको आयोजना र माङसेबुङ गाउँपालिकाको सहयोगमा (मोजो)शुक्रबारबाट सुरु भएको तालिम ९असारमा आज आइतबार सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै दमक नगर पालिकाको प्रवक्ता तथा दमक वडा नम्बर ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल ले मोबाइल जर्नालिजम समय, युग, प्रविधि,अनुसारको उपयोगिता सबै हिसाबले प्रभावकारी तालिम रहेको बताएका हुन ।
तालिम सम्पन्न गर्न माङसेबुङ गाउँपालिकाको लगानी रहेको राज्यको स्थानिय सरकारले सहभागिहरुमा केही न केही लगानी गरेको छ ।
त्यसैले तपाईंहरुले तालिममा सिकेका कुरा दैनिक जीवनमा उपयोग र प्रयोगमा ल्याउन सक्नुहुनेछ , प्रवक्ताको भनाई रहेको छ ।
तीन दिने (मोजो) जर्नालिजम तालिममा माङसेबुङ गाउपालिकाका विभिन्न वडाबाट १७ जना दमक आसपासबाट गरि जम्मा ३० जना तालिममा सहभागिता जनाएका थिए ।
सहभागीहरु तर्फबाट प्रीति मगर र कमल कटुवालले तीन दिने तालिममा मोबाइलमार्फत समाचार लेखन, आवाज र दृश्य रेकर्डिङ, सम्पादन कला सिक्न पाएको भन्दै यसले आफूहरुको दैनिक जीवनमा महत्त्वपूर्ण रुपले प्रभाव पार्न सक्ने बताए ।
उनीहरु दुवै जनाले तालिमको लागि सहयोग गर्ने माङसेबुङ गाउँपालिका र आयोजक पत्रकार मञ्च दमकलाई धन्यवाद दिएका थिए ।
पत्रकार मञ्च दमकको सभाहलमा आयोजित तालिममा सहजकर्ताहरु भीषण राई, कमन देवान, बिष्णु पोखरेल र चिरञ्जीवी घिमिरेले सहजीकरण गरेका थिए ।
तालिमको उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गरेका थिए ।
पालिका उपाध्यक्ष बिनोद नेम्बाङ, माङसेबुङ वडा नम्बर ४ का वडा अध्यक्ष नवीन योङहाङ, होटल व्यवसायी संघका प्रदेश १ अध्यक्ष राजन दङ्गाल, मञ्चका पूर्व अध्यक्षद्वय बिष्णु पोखरेल र मनकुमार गदालको पनि सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा सहजकर्ताहरुलाई धन्यवाद पत्रले सम्मान गरिएको थियो ।
प्रमुख अतिथि दाहालसहित लिम्बू मातृभाषा पत्रकारितामा दुई दशक बढी समयदेखि कृयाशील सेसेमी सेरेङ नाल्बोलाई मायाको चिनो प्रदान गरिएको थियो ।
मञ्चका सचिव उमानाथ भण्डारीको सञ्चालन रहेको समापन कार्यक्रम मञ्चका अध्यक्ष कमन देवानको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post