२४ जेस्ठ २०८१ झापा ।
दमक-चिसापानी-रवि सडक खण्ड अन्तर्गत इलामको चुलाचुली वडा नम्बर ५ सङ्ग जोडिएर बहने रतुवा खोलाले बोलेरो जीप बगाँउदा ज्यान गुमाएका महिला र बालकको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ज्यान गुमाउनेमा इलामको माङसेवुङ-५ कि सर्मिला फागो र माङसेवुङ-३ की निरु लिम्बूका ३ वर्षीय छोरा नियम नेम्वाङ छन् ।
निरुको भने घाइते अवस्थामा उद्वार गरी उपचारका लागि दमकको लाइफलाईन हस्पिटल दमक लगिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी (डिएसपी) प्रकाश जवेगूले बताएका हुन ।
इलामको लारुम्बादेखि दमकका लागि छुटेको लु १ ९४९१ नम्बरको बुलेरो सोमबार साँझ करिब छ बजे चुलाचुलीको चपेटी क्षेत्रमा रतुवा खोलाले बगाएको थियो ।
बुलेरोमा सवारमध्ये ३ जना खोलाबाट पौडेर बाहिर निस्केका छन् भने चालक भने हाल सम्म सम्पर्क बाहिर रहेको जनाएको छ ।
Discussion about this post