९ जेस्ठ २०८१ काठमडौ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष
कैलाश सिरोहियालाई धनुषातर्फ लगिएको छ। मंगलबार साँझ कान्तिपुर कार्यालयबाट पक्राउ गरेलगत्तै सिरोहियालाई गाडीमा धनुषा तर्फ गरिएको हो ।
जिल्ला अदालत धनुषाको पक्राउ पुर्जीका आधारमा सिरोहियालाई पक्राउ गरिएको हो। उनलाई बुधबार बिहान धनुषा जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।
उनीविरुद्ध धनुषा प्रहरीमा नागरिकता कीर्ते गरेको भन्दै उजूरी परेको थियो । उक्त उजूरीपछि जिल्ला अदालतबाट सिरोहियाविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको थियो ।
जिल्ला अदालत धनुषाको पक्राउ पुर्जीका आधारमा सिरोहियालाई पक्राउ गरिएको हो । उनलाई बुधबार बिहान धनुषा जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको स्रोतले जानकारी दिए ।
तर, सिरोहियाले भने आफूलाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको बताएका छन् ।
उनले पक्राउ परेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकार नवअधिनायकवादतर्फ अगाडि बढेको बताएका थिए ।
कान्तिपुरले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीबारे निरन्तर समाचार प्रकाशित गरेपछि आफूलाई प्रतिशोध साध्न पक्राउ गरेको उनको दाबी थियो ।
Discussion about this post