२७बैशाख २०८१ झापा ।
यस आर्थिक बर्ष २०८०/०८१ सम्मको अदालतको फैशला बमोजिम फरार सुचिमा रहेका जम्मा ३५३ जनालाई जिल्ला प्रहरि झापाले पक्राउ गरि जिल्ला अदालत पेश गरेको छ ।
पक्राउ गरिएकाहरुको कुल सजाय १४१बर्ष ६महिना २दिन कैद तोकिएको छ भने ४करोड ४०लाख ९२हजार २७८बिगो जरिवाना कायम रहेको जिल्ला प्रहरी कार्यलय झापाका सुचना अधिकारी तथा प्रवक्ता प्र.ना.उपरीक्षक कृष्ण कुमार चन्दले प्रेश बिज्ञपति मार्फत जानकारी गराएका छ्न ।
जस मध्ये २०८० फाल्गुन ६गते देखि हाल सम्म १८८ जना फरार प्रतिबादी पक्राउ परेका छ्न ।उनिहरु को कुल ६६ बर्ष ४महिना ३दिन कैद र ४२लाख ४६हजार १९७बिगो जरिवाना कायम भएको प्रवक्ता चन्दले बताएका छन ।
Discussion about this post