२७बैशाख २०८१ झापा ।
यसपाली झापाको अधिकांस स्थानहरुमा किसानले लगाएको मकै खेती असाध्य गर्मी लामो खडेरिको कारणले बाली सुक्न थालेको छ ।
घोगा लाग्ने समयमा भएको खडेरिको कारण मकै बालिमा नोक्सान पुगेको कृषि बालि बिज्ञ राजेन्द्र खरेलले बताए ।उनले धान चमर र घोगा लाग्ने बेलामा अत्यधिक खडेरिका कारण बालिलाई ठूलो क्षती पुगेको जनाएका हुन ।झापामा अहिले सम्म वर्षा नभएको धेरै महिना भैसकेको छ ।भने सिचाईको सुबिधा भएको ठाउमा भने त्यति असर हुदैन ।
तर सिचाईको सुबिधा नभएको ठाउमा लगाईएको मकै बाली सुकेर पराल जस्तो भएको छ त्यसकारण उत्पादनमा असर पुर्याउने देखिएको हो ।झापाको सिचाई पुग्ने स्थानको क्षेत्रफल यकिन नभए पनि सरकारी आंकडा अनुसार ६०%भन्दा बढी खेतियोग्य जमिनमा सिचाई सुबिधा भए पनि धेरैजसो सिचाई आयोजना मर्मत सम्भार नभएकोले पानीको श्रोत सुकेकोले किसानले मकैको लागि प्रयाप्त पानी सिचाई गर्न सकेका छैनन ।
मेची नगर १५ ज्यामिर गढिका किसान जयप्रसाद भेटवालका अनुसार अधिकांस खेतमा लगाईएको मकै सिचाई नभएकोले ठाडै घोगा नलागी धानचमार हुदै गर्दा सुकेको बताए ।निन्दा र टिमाईखोलाबाट बान्ध बाधेर नहर संचालन हुँदै आए पनि खडेरिका कारण मुहानमै पानी सुकेको बताए । किसान अम्बिका सिवाकोटी धान पछिको मुख्य खेती मकै भएकोले आवस्यक अनुसार सिचाई नपुग्ने बालिहरु यसपटकको खडेरिका कारण धेरै किसानहरु मारमा परेको बताए । किसानको अवश्था बुझ्न अहिले सम्म स्थानिय सरकार अन्य सम्बन्धित निकायको चासो नभएको सिवाकोटी बताउछन ।
झापामा खेतिका लागि सिचाई गर्न भनेर सोलार ,बिधुतिय उर्जा बाट संचालित मोटर बाट भुमिगत पानी तानेर थोरै किसानहरुले मात्रै प्रयोग गर्दै आईरहेकोले थोरै किसानहरुले मात्रै फाईदा लिईरहेको छ र सुक्न लागेको मकै बालिलाई राहात भैरहेको छ ।
मेचिनगरमा पालिया र निन्दा सिचाई आयोजना बुद्द्शान्तीमा हडिया फुलवासा सिचाई आयोजना , बिर्तामोड देवनिया खोला सिचाई आयोजना र हल्दिबारी हर्चना कृषक सिचाई आयोजना बर्षौदेखी संचालनमा छन ।त्यसै गरि सबैभन्दा ठूलो र पुरानो कन्काई सिचाई आयोजना हो ।
झापा गाउपालिकाकोब टागनडुब्बा सिचाई आयोजना , कमल गाउपालिका को भुत्लुङ्ग सिचाई आयोजना र बार्हदशी गाउपालिकाको सन्यासिमुनी सिचाई आयोजनाले खेतियोग्य जमिनमा सिचाई सुबिधा पुर्याएको भएपनि अन्य स्थानहरुमा लगाईएको मकै बाली भने खडेरिका कारण सुकेर पराल जस्तै भएको छ ।कृषि ज्ञान केन्द्रका सुचना अधिकृत चेतनाथ भन्डारिका अनुसार आर्थिक बर्ष २०७९/८०मा झापामा ४४ हजार दुईसय ५० हेक्टर जमिनमा मकै खेती गरिएको र चालू आवमा जिल्लामा २लाख ५० हजार मेट्रीक टन मकै बाली उत्पादन गर्ने प्रक्षेपण गरिएको छ ।
Discussion about this post