२२बशाख २०८१ दमक ।
उदयपुर घर भएकी एनिका गजमेर माथी गोलि प्रहार भएको छ ।एनिका दमकमा डेरा गरेर दमक २मा रहेको हिमालय माध्यमिक बिधालयमा मानबिकी संकायमा अध्यरत बुधार्थि हुन ।उनी शुक्रबार आफ्नो नियमित परिक्षा सकेर फर्कने क्रममा बाटोमा गोलि लागेको थियो ।
उनको लाईफलाईन हस्पिटलमा उपचार भैरहेको छ ।उनको अप्रेसन गरेर गोलि निकालिएको छ। हाल हस्पिटल प्रशासनका अनुसार उनको अवस्था खतरा मुक्त छ ।
गोलि हान्ने ब्यक्तिको पहिचान खुलेको छ एनिकालाई गोलि हान्ने ब्यक्ती अरु कोहि नभएर आफ्ना पुर्ब शिक्षक रहेको एनिकाले बताएकी छिन ।उनका अनुसार आफुलाई गोलि हान्ने शिक्षक सिराहा निबासी अमित कुमार यादव भएको बताएकी छिन ।
यादव एनिकालाई दमक आएपछी पनि २/३पटक भेट भएको तर दमकमा कहाँ बस्छ्न आफुलाई थाहा नभएको बताईन ।अमित गोलि प्रहार गर्न बितिकै फरार रहेकोले उनको खोजी कार्यभैरहेको दमक प्रहरिले बताएको छ ।अमितको प्रेम प्रस्ताव स्विकार नगरेकोले एनिका माथी गोलि प्रहार भएको हुन सक्ने प्रहरिको बुझाई छ ।
Discussion about this post