१० बैशाख २०८१बिर्तामोड ।
झापा ईशाई समाजले आफ्नो २५औ रजत महोत्स्व सम्पन्न गर्न आफ्नो सम्पुर्ण तयारी पूरा गरेको छ ।
दमक नगर ईशाई समाजका सल्लाहाकार समेत रहेका तथा झापा ईशाई समाज रजत महोत्सवका कार्यक्रम संयोजक राजकुमार राईका अनुसार बैशाख ११गते २०८१ का दिन हुने रजत महोत्सवको सबै तयारी पूरा भएको जानकारी गराएका हुन ।
सो रजत महोत्सवमा झापा जिल्ला भरी रहेका र झापा ईशाई समाजमा आबद्द विभिन्न ईलाका ईशाई समाज नगर ईशाई समाज सम्बन्द्द मन्डलिका सदस्यहरुको बाक्लो उपस्थिती रहने बताएका छ्न ।
रजत महोत्सवमा जिल्ला प्रमुख अधिकृत नगरप्रमुख तथा विभिन्न सामाजिक ब्यक्तित्वहरु राजनैतिक ब्यक्तिहरु कोशी प्रदेश प्रमुख देवराज घिमिरेको समेत उपस्थित रहने र पत्रकार मित्रहरु लगायतकाहरुको समेत उपस्थिती रहेने जानकारी गराएका छन ।
रजत महोत्सवमा आकर्षक झाकिहरु विभिन्न जातिहरुको सास्कृतिक भेषभुषाहरुको प्रदर्शन का साथ सम्पन्न गर्ने लक्ष लिएको यश रजत महोत्सवमा मुख्य बक्ताको रुपमा नेपाल ईशाई समाजका केन्द्रिय अध्यक्ष प्रकाश सुब्बा को उपस्थिती हुने बताएका छन ।
बिर्तामोडको सिटि सेन्टर हलमा सम्पन्न हुने झापा ईशाई समाजको रजत जयन्ती भब्यसब्यताका साथ सम्पन्न गर्न र एतिहासिक महोत्सव बनाउनका लागि विभिन्न उपसमितिहरु मार्फत प्राथ्ना विभिन्न समयमा छ्लफलहरु भएको जानकारी जिल्ला ईशाईसमाजका सचिव राजु चाम्लिङ्ग ले गराएका छ्न ।
Discussion about this post