मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

चित्रकला मार्फत काठमाडौँमा झल्कियो खोटाङ

दमक पोष्ट by दमक पोष्ट
२०८० फाल्गुन ८, मंगलवार २०:१८
in समाचार
0
चित्रकला मार्फत काठमाडौँमा झल्कियो खोटाङ
171
SHARES
533
VIEWS
Spread the love

काठमाडौँ, ८ फागुन : काभ्रेपलाञ्चाककी रोजिना तामाङ खोटाङ पुग्न पाउनु भएको छैन । तर उहाँले सोमबारदेखि काठमाडौँ बबरमहलस्थित नेपाल कला परिषद्मा सञ्चालित चित्रकलामार्फत खोटाङबारे निजकबाट नियाल्न मौका पाउनुभयो । काठमाडौँको एक विद्यालयमा कक्षा–१२ मा अध्ययनरत तामाङ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’मार्फत राखिएका खोटाङका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलबारे जानकारी लिनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यही फागुन ५ गतेदेखि आयोजना गरेको प्रदर्शनीमा आउनुभएकी रोजिनाले भन्नुभयो, “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा राखिएका क्यानभास चित्रहरु काठमाडौँमै बसेर अवलोकन गर्न पाउँदा सिङ्गो खोटाङ कस्तो रहेछ भन्ने थोरै भए पनि जानकारी लिन पाइयो । चित्रकला हेरेपछि खोटाङ मेरो घुम्नै पर्ने सूचीमा परेको छ । त्यहाँ पुगेर धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरु घुम्ने छु ।”

काठमाडौँको एक क्याम्पसमा बीबीए पढ्दै गरेकी अर्घाखाँचीकी कुसुम श्रेष्ठ पनि सोही चित्रकला प्रदर्शनीमै भेटिनुभएको थियो । “चित्रकला प्रदर्शनीमा सिङ्गो खोटाङको रुप झल्किएको पाएँ । अर्घाखाँचीको मान्छेलाई काठमाडौँमै बसेर खोटाङको धर्म, संस्कार, संस्कृति र परम्पराबारेमा चित्रकलामार्फत जानकारी लिने अवसर मिल्यो । यो कार्यक्रमले खोटाङलाई चिन्नलाई सहयोग गरेको महसुस गरेकी छु ।”

भक्तपुर बस्ने धनगढीका गणेश कडाल पनि श्रीमति र बच्चासहित चित्रकलाप अवलोकनका लागि आउनुभएको थियो । चित्रकलाको प्रसंशा गर्दै यसबाट खोटाङको सस्कृति र परम्परा बुझाउने प्रयास गरिएको बताउनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले क्यानभासमा चित्र कोरेर उद्घाटन गर्नुभएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रममा रोजिना, कुसुम र गणेशजस्तै दैनिक करिब पाँच सयले चित्रकला अवलोकन गर्दै आएका छन् ।

दिक्तेलको धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढी, भवनगैरा, हाटडाँडा, शङ्खधर शाख्वाचोक, शुभम् फाउण्डेसन र जालपा पुगेर ख्यातिप्राप्त चित्रकारले प्रत्यक्षरुपमा उतारेका क्यानभास चित्रलाई प्रदर्शनीमा राखिएको छ । दिक्तेलमा गत असोज–१७ गतेदेखि २१ गतेसम्मा आयोजना गरिएको ‘चित्रकला कार्यशाला तथा प्रदर्शनी’मा सहभागी नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारसहित विभिन्न ५० देशका ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका दुई सय १० वटा चित्रलाई सङ्कलन गरेर प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

देश तथा विदेशमा समेत ख्यातिप्राप्त चित्रकारहरुले खोटाङको धार्मिक तथा पर्यटकीयस्थलहरु त्रिधार्मिकस्थल हलेसी, जन्तेढुङ्गा, भुलभुले दूधकुण्डलगायतका ठाउँको क्यानभास चित्र उतारेका छन् । धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरुका साथै जिल्लाको भौतिक विकास तथा धर्म, संस्कार, संस्कृति र रहनसहनबारेमा चित्रकारहरुले क्यानभासमा उतारेका चित्रलाई प्रदर्शनीमा राखिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम आयोजना गरेर इतिहास निर्माण गरेको चित्रकार के के कर्माचार्यले बताउनुभएको छ । “प्रदर्शनीमा राखिएका क्यानभास चित्रहरु ऐतिहासिक छन् । यो नगरपालिकाको सम्पत्ति हो । यस्तो कार्यक्रम अहिलेसम्म कसैले गरेका छैनन्”, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपतिसमेत रहनुभएका उहाँले भन्नुभयो, “चित्रकला कलामध्येका एउटा अद्भूत कला हो । यसलाई जसले जसरी अथ्र्याउन पनि सक्छन् । क्यानभास चित्रलाई युगौँयुगसम्म राख्न सकिन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विश्वका ख्यातिप्राप्त चित्रकारको चित्र सङ्कलन गर्न सफल भएको छ । यो ऐतिहासिक कार्य हो । यसले नगरपालिकालाई विश्वभर परिचित गराएको छ ।”

चित्रकार कर्माचार्यको अमूर्त क्यानभास चित्रहरुसमेत प्रदर्शनीमा राखिएका छन् । अमेरिकाकी चित्रकार एवम् प्रोफेसर जोय वल्फ, लातभियाकी चित्रकार आन्दा पैकाने, नेपाली चित्रकारहरु रतनकुमार राई, विजय थापालगायत ५० देशका चित्रकारले क्यानभासमा उतारेर प्रदर्शनीमा राखिएका चित्रहरुलाई खोटाङमै बोलाएर जिल्लाका दशवटै स्थानीय तहका धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थलहरु तथा धर्म, संस्कार, संस्कृति, परम्परा र रहनसहनलाई क्यानभासमा उतार्न लगाइएको थियो ।

संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ धनु आर्ट स्टुडियोसँगको सहकार्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ ।

“मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीलाई दिक्तेलमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’कै अर्कोे शृङ्खलाको रुपमा आयोजना गरिएको छ । प्रदर्शनमा राखिएका चित्रलाई पुनः दिक्तेलमा लगेर सङ्ग्रहालय बनाएर राख्ने योजना बनाइएको छ”, उहाँले भन्नुभयो ।

स्वदेश तथा विदेशबाट आएका ख्यातिप्राप्त चित्रकारले उतारेका क्यानभास चित्रमा समग्र खोटाङको तस्वीर झल्किएको प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राईले बताउनुभएको छ । “चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमले नगरपालिकाको मात्र नभइ समग्र खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउँदै यहाँको सँस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुगेको छ”, उहाँले भन्नुभयो, “नेपालसहित १४ देशबाट आएका ख्यातिप्राप्त चित्रकारहरुले समग्र खोटाङको चित्र कोरेका छन् । यसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सफल भएको छ ।”

स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले जिल्लाका विभिन्न ठाउँमा बसेर क्यानभासमा उतारेका प्रत्यक्ष क्यानभास चित्रलाई प्रदर्शनी कार्यक्रम सकिएपछि पुनः दिक्तेल लगेर सङ्ग्रहालयमा राख्ने तयारी गरिएको नगर उपप्रमुख विशन राईले बताउनुभएको छ ।

“स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरु हाम्रो नगरपालिकाको सम्पत्ति हो । यी चित्रहरुलाई नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बनाउने योजना छ”, उहाँले भन्नुभयो, “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले एउटा ईतिहास निर्माण गरेका छौँ । आगामी दिनमा यो नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बन्नेछ ।”


Spread the love
Previous Post

नेकपा (एकीकृत समाजवादी) झापा क्षेत्र नं. ५ को अगुवा कार्यकर्ता भेला सम्पन्न

Next Post

जनसम्पर्क समिति वेलायतका ६ जना महासमिति सदस्य चयन

सम्बन्धित समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०८० फाल्गुन ८, मंगलवार २०:१८
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०८० फाल्गुन ८, मंगलवार २०:१८
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८० फाल्गुन ८, मंगलवार २०:१८
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८० फाल्गुन ८, मंगलवार २०:१८
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८० फाल्गुन ८, मंगलवार २०:१८
थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।
समाचार

थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।

२०८० फाल्गुन ८, मंगलवार २०:१८
Next Post
जनसम्पर्क समिति वेलायतका ६ जना महासमिति सदस्य चयन

जनसम्पर्क समिति वेलायतका ६ जना महासमिति सदस्य चयन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!