कमल, १० माघ : झापाको कमल गाउँपालिकाले सन्थालहरुको सोहराय पर्वको अवसरमा स्थानीय विदा दिएको छ ।
यही माघ ११ गते बिहिवारका दिन सन्थाल समुदायमा महत्वपूर्ण मानिएको यो पर्व परेकाले सो दिन पालिकामा स्थानीय विदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यद्धारा हस्ताक्षरित हिजो (मंगलबार) जारी सूचनामा उल्लेख छ ।
सो सूचनामा कमल गाउँपालिका अन्तर्गतको गाउँपालिकाकोे कार्यालय, वडा कार्यालय, सार्वजनिक संस्था, विद्यालयहरुमा सार्वजनिक विदा दिने गाउँ कार्यपालिकाको माघ ७ गते को निर्णय अनुसार स्थानीय विदा दिइएको उल्लेख छ ।
Discussion about this post