५माघ२०८० दमक।
बेल्डाङ्गी/भ्वाईस अफ होप सिजन १ को गायन रियालिटी सो को प्रथम बिजेता ईम्मानुएल चर्चका आईशा लिम्बू बनेकी छ्न ।
ज्योती मन्डली भालुखुडी दमकमा बिहिबार सम्पन्न ग्रान्ड फिनालेमा आईशा लिम्बू भ्वाईसअफ होप” प्रथम सिजनजको बिजेता बन्न सफल भएकी हुन ।उनले बिजेताको उपाधी प्राप्त गर्दा उतिकै रुचाएका आईज्याक राई फस्ट रनरअफ बनेका छन भने सेकेन्ड रनर अफको उपाधी बिना देवानले प्राप्त गरेका छन ।
प्रथम बिजेता आईशा लिम्बुले नगद पुरस्कार सहित ट्रफी प्राप्त गरेकी छिन भने गित रेकर्डिङ गर्ने अवसर प्राप्त गरिन जित हाशिल गरेपछी आईशाले साङ्गितिक कार्यलाई पनि निरन्तरता दिने बताईन ।
गायन रियालिटि सो भ्वाईस अफ होपका निरणयक मन्डलमा भारतबाट गायक प्रमोद राई सङ्गितकार सिमसोन सिन्चुरी रहेका थिए ।
शालोम नेपाली चर्चको दर्शन तथा दमक उत्तरी ईशाई समाजको आयोजना साथै आगापे ग्लोबल मिसनको प्रस्तुती रहेको गायन रियालिटी सो झापाको दमक भालुखुडिमा एकदिने भ्वाईस होप ग्रान्ड फिनाले भएको हो ।
कार्यक्रमको मुख्य उद्देश्य नेपाली ईशाई मन्डलिमा ओझेलमा परेका बालबालिकाहरुको प्रतिभालाई प्रवर्दन गर्ने र उजागर गर्नेभएकोले आगामी दिनहरुमा नेपाल भर नेपाली चर्चहरु माझ पुर्याउने र नेपाली चर्चहरुले यसलाई जिम्मेवारिबोध गर्नुपर्ने गायन रियालिटी शो का मुख्यदर्शन कर्ता भिजन मिनिस्ट्री अफ शालोम नेपाली चर्चका पास्टर राजु रामदामले बताए ।
गायन रियालिटी शोमा पथरी संयुक खृस्टिय समाज र दमक उत्तरी ईशाई समाज अन्तरगत रहेका करिब २३ वटा मन्डलिहरुबाट ७ देखि १४ बर्ष उमेर समुहका भाईबहिनिहरुले सहभागिता जनाएको दमक उत्तरु ईशाई समाजका अध्यक्ष पास्टर चन्द्र कुमार राईले जानकारी दिए ।
भिजन मिनिस्टृ तथा शालोम चर्चका पास्टर राजुरामदाम का अनुसार बालबालिकाहरु मन्डलिका भबिस्यका खम्बाहरु हुन यदर्थ उनिहरुका कला द्दुरा नै प्रमेस्वरको महिमा हुनुपर्छ ।उनिहरुलाई बाल्यवश्थामा नै राम्रो शिक्षा , सहि ज्ञान् दिन सके र उनिहरुको प्रतिभा समयमा चिन्न सके नेपाली मन्डलिहरु आशिसित बन्न सक्नेछ्न ।
Discussion about this post