झापा, २९ मंसिर – जेएम स्टुडियोको प्रस्तुतिमा ‘त्यो बेतलेहेमको गांवैमा’ शब्दमा रहेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नवगायक जोशुआ थामी, डेभिड तामाङ, थिनले जमत्सो तथा नवगायिका रेविका राईको संयुक्त आवाजमा रहेको ग्लोरीया त्यो बेतलेहेमको गांवैमा गीत शब्दमा रहेको गीत सार्वजनिक भएको हो ।
म्युजिक भिडियोको निर्देशन तथा छायांकन किरण लिम्बूले गरेका छन । ग्लोरीया शब्द ल्याटिन शब्द हो, जसको अर्थ येशु जन्मेको महिमाको दिनलाई जनाउँछ । सो गीतवाट त्यो बेतलेहेमको गाँउमा भएको पहिलो महिमाको बारे प्रस्तुत गरिएको छ।
ख्रिस्टमसको सेरोफेरोमा बनिएको गीतमा शब्द, संंगीगत तथा स्वर गायक जोसुवा थामीको रहेको छ । यस गीतमा किबोर्ड थिनले जमत्सो तथा काजोन डेभिड तामाङले सुन्दर तरिकाले प्रस्तुत गरेका छन ।
उक्त गीत जोशुआ थामी नामक युटुयुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।
भिडियो :
Discussion about this post