दमक, १४ असोज – झापाको दमकमा रहेको नविन टोल बिकास संस्थाको छैटौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल राईको अध्यक्षता तथा दमक नगरपालिका वडा नं. २ का वडा सदस्य छबि दुलालको प्रमुख आतिथ्यता रहेको थियो ।
संस्थाका अध्यक्ष गोपाल राइले संस्थाको वार्षिक प्रतिबेदन पेस गर्नु भएको थियो भने कोषाध्यक्ष शोभा पोख्रेलले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष तथा सल्लाहकार राम कुमारी तामाङ र प्रमुख अतिथि छबि दुलालले शुभकामना दिनु भएको थियो ।
७१ सदस्य आबद्ध रहेको उक्त टोलले आफ्नो टोल आँगन आफैँ सफा गरौं भन्ने नारा सहित उक्त साधारसभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव लक्ष्मी नेपालले गर्नु भएको थियो भने स्वागत संस्थाका उपाध्यक्ष कमला राइले गर्नु भएको थियो ।
Discussion about this post