काठमाडौं । नेपाल आयल निगमले डिजेल पेट्रोल र ग्यासको मूल्य बढाएको छ ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।
अब खाना पकाउने ग्यासको मूल्य २१ सय १० रुपैयाँ पुगेको छ भने प्रतिलिटर पेट्रोलको १८५ र डिजलेको मूल्य १७९ रुपैयाँ कायम गरिएको छ ।
Discussion about this post