मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सैन्डाँडा बझाङको ‘ब्रान्ड फेस्टिभल’

दमक पोष्ट by दमक पोष्ट
२०८० आश्विन ११, बिहीबार २१:११
in Banner News, समाचार
0
सैन्डाँडा बझाङको ‘ब्रान्ड फेस्टिभल’
166
SHARES
518
VIEWS
Spread the love

बझाङ, ११ असोज : खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा लाग्ने सैन्डाँडा मेला (पैठी) को चहलपहल भाद्र शुक्ल प्रतिपदाको दिनदेखि नै सुरू हुन्छ । पैठी भने शुक्ल चतुर्दशीदेखि पूर्णिमाको पाँचौँ दिनसम्म लाग्ने गर्छ ।

सामाजिक एकताको प्रतीकका रूपमा चिनिने सैन्डाँडा मेलामा बझाङ मात्रै नभएर छिमेकी जिल्ला डोटी, बाजुरा र अछामसहितका हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू आउने गर्दछन् । पछिल्लो समय खापरको पूजासँगै सांस्कृतिक कार्यक्रम पनि हुने हुँदा जिल्लाभरका मान्छे पाटादेवलमा झुम्मिन्छन् । खापर पुजकको सुरूआत भएको ठाउँ भन्दै जिल्लाभरका अधिकांश समुदायले पुजपोखल (पूजा सामाग्री) ल्याएर पैठी (सैन्डाडा) आउने गरेका छन् ।

खप्तडछान्ना–६ का वडाध्यक्ष तेजबहादुर खड्काका अनुसार सैन्डाँडा मेला साझा फूलबारी भएको भन्दै पूजाआजामा सहभागी हुने सबै समुदायले पहिचान जोगाउन पनि मद्दत गरेका छन् । खापरमाडौँ (सैन्डाँडा) को डोली अछामबाट ल्याएदेखि नै छान्नावासी सबै समुदायको साझा मेला बनाइएको थियो । मेलाको व्यवस्थापनदेखि खप्तडबाट डोली आउनसम्म सबै समुदायलाई जिम्मेवारी बाँडफाँट गरिएको थियो ।

खप्तडको खापरदेव मन्दिर हुँदै छान्नाको खापरदेव मन्दिरसम्म आवतजावतमा सबै समुदायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । “जसरी खापरमाडौँमा सबै समुदायको समान अधिकार छ, त्यसरी नै बझाङवासीलाई एकतामा बाँध्न सैन्डाँडाले ठूलो काम गरेको छ”, खप्तडछान्ना–७ का कुम्भराज जोशीले भन्नुभयो, “माडौँ त्यस्तो ठाउँ हो, जहाँ हजारौँका मनमुटावलाई पनि एकतामा बाँध्ने गर्छ । त्यसरी नै यो पनि समुदायको मनमुटावलाई बाँधेर सैन्डाँडाले एकतामय वातावरण बनाउँछ ।”

सबै समुदायमा आआफ्ना टोलमै माडौँ स्थापना गरेर पूजाआजा गरिन्छ तर, खापरमाडौँ बाजुरा, अछाम, डोटी तथा बझाङको छान्नाका सबै समुदायले पूजा गर्दै आएको साझा थलो भएको खप्तडछान्ना–५ का अशोकराज जोशीले बताउनुभयो । “खापरमाडौँ मन्दिर सबैको साझा हो,” उहाँले भन्नुभयो, “सबैको समान दायित्व र समान अधिकार भएको खापरमाडौँले समुदायमा सद्भावको काम गरिरहेको छ ।” यहाँ पूजाआजा गर्नेले बाहिर विभिन्न समुदायको लडाइँ झगडा गरे पनि खापरमाडौँमा सबैले एकसाथ पूजा गर्नुपर्ने उहाँले बताउनुभयो । “मिलाप हुनैपर्छ भन्ने एकताको सन्देश दिएको छ । समाजलाई बाँध्न पनि यस्तै माडौँहरू आवश्यक पर्छन्”, उहाँले भन्नुभयो ।

सैन्डाँडाको पौराणिकता

खेचरा पर्वत (खप्तड) मा अवस्थित तलाउ नजिककै मुसारानीको रूपमा भगवान् प्रकट भएर सोही ठाउँमा पूजाआजा गर्न थालेको किंवदन्ती छ । पार्वती मुसारानीको रूपमा प्रकट भएपछि सबैभन्दा अगाडि त्यहाँ बसोबास गर्ने खप्तडी खड्काले देखेको र पूजाआजा गर्दै आएको स्थानीयवासी बताउँछन् ।

खप्तडमा मुसारानीको रूपमा पार्वती प्रकट भइसकेपछि उनले त्यसै ठाउँमा शिवका लागि तपस्या गरिन् र पछि शिव प्रकट भए । पछि शिला भयो । त्यस बेला प्रकट भएको एउटा शिला अछामको लुङ्ग्रामा लगेर मन्दिर स्थापना गरिएको थियो । अहिलेको पाटादेवलको जस्तै लुङ्ग्रामा पूजाआजा गरिन्थ्यो । सुरुमा पार्वती मुसारानीको रूपमा प्रकट भएको ठाउँमा माइतीघर र त्यसपछि शिला लगेर माडौँ बनाइएको ठाउँमा माइतीघर उकालु र पोइलीघर ओरालु भन्दै दुवै ठाउँमा पूजाआजा गरिन्छ ।

जानकारका अनुसार श्रावण पूर्णिमाका दिन (उकालु) पोइलीघरबाट पार्वतीलाई माइतीघर खप्तड पु¥याउने र भाद्र चतुर्दशीका दिन पोइलीघरमा ल्याउने हुँदा शिला राखेको ठाउँमा डोली ल्याउने गरिन्छ । त्यसबेलामा देवी (पार्वती)का भाइ धामीहरू दिदीसँग छुट्नुपरेको भन्दै काँप्दै रोइकराइ गर्ने गर्छन् । “पार्वतीलाई माइतीघर पुर्‍याउँदा वा पोइलीघर ल्याउँदा काँप्दै रोइकराइ गर्ने गर्छन्,” जोशी भन्नुहुन्छ, “त्यस बेलामा खापरको घोडा पनि काँपेर थाम्न नसकिने अवस्थामा हुने गर्छ ।”

कसरी ल्याइयो अछामबाट छान्नामा डोली ?

मुसारानीको रूपमा खप्तडमा पार्वती प्रकट भएपछि त्यहाँ पहिलो पूजा खप्तडी खड्काले गरेका थिए । डाँफेकोट बस्ने खप्तडी खड्का, खप्तडी बस्नेतले नजिकै मुसारानीको रूपमा पूजाआजा गरेपछि उनीहरूको पूजा निरन्तर चलेको किंवदन्ती छ । खप्तडी खड्काका भाइहरू डाँफेकोटबाट अन्यत्र ठाउँमा बसाइँसराइ गर्दा एक भाइले अछामको लुङ्ग्रामा शिला लगेर माडौँ स्थापना गरेका थिए । त्यसपछि खप्तडी खड्काको जेठो भाइ छान्ना पुजारीगाउँमा बसोबास गर्थे । पूजा जेठो भाइले नै लगाउनुपर्ने त्यति बेलाको धार्मिक विश्वास थिथो ।

जेठो भाइ छान्नाबाट गएर अछाममा पूजा लगाउनुपर्ने भएपछि भाइहरूबीच नै विवाद हुँदै गयो । जेठो भाइले शिला आफ्नो ठाउँमा हुनुपर्ने अडान लिए । खापरको डोला अछामी प्रभाल खड्काले रोक्दा विवाद भई मुद्दासमेत चल्यो । त्यसबेला विवाद सरकारको केन्द्रीय अड्डासम्म पुग्यो र महाराजी खड्काले खापरको डोला पाउने निर्णय भयो । स्थानीय ज्ञानबहादुर खड्का ‘घायल’ का अनुसार डोला छान्नामा पाउने भएपछि विसं १७७० तिर बिजु बयानीको नेतृत्वमा उहाँका भाइ लिखु र रिठु बयानी थापाले खापरको डोली जात्रा गरी बाजागाजा र सजधजका साथ सुतारीगाउँको खापरमाडौँ (अहिलेको सुतारीगाउँ चौर) मा भित्र्याए । जहाँ जलन्धरी राजाका सेनाले ढुङ्गा खोपेर गाडेका छन् ।

जलन्धरी राजा भनेका सिञ्जा राज्यका राजा हुनुहुन्थ्यो । त्यस बेलामा बझाङ, बाजुरा र अछामसमेत सिञ्जा राज्यभित्र थिए । छान्नामा अहिलेका विभिन्न समुदायको बसोबास हुनुपूर्व जलन्धरी राजासँगै आएका हुम्लाका पुनमगरको बसोबास रहेको संस्कृति तथा इतिहासका जानकार खप्तडछान्ना–७ का रामजङ्गबहादुर सिंहले बताउनुभयो ।

अछामबाट सुतारीगाउँको खापरमाडौँमा डोली भित्र्याएको केही दुई दशकपछि (स्थानीयवासीको भनाइअनुसार) पाटादेवलमा मन्दिर स्थापना गरियो । सुतारीगाउँमा सानो जमिन भन्दै पाटादेवलमा स्थापना गरिएको मन्दिरमा पूजा लाग्न थाल्यो । पहिलोपटक खापरमाडौँमा डोली खप्तडबाट ल्याउँदा छान्नाका सबै समुदायको सहभागिता थियो । कसैले डोली बोक्ने, घोडा समात्ने, कुनै समुदायले पूजा सामग्री बोक्ने, डोलाको सुरक्षाका लागि छाता बोक्नेलगायतका जिम्मेवारी त्यसबेला नै सबैको सहमतिमा प्रदान गरिएको थियो । अहिले पनि तिनै समुदायले आआफ्नो जिम्मेवारी पूरा गर्दै आएको वडाध्यक्ष तेज खड्काले बताउनुभयो ।

स्थानीयवासी ज्ञानबहादुर खड्काका अनुसार खप्तड र छान्नाको खापरमाडौँबाट बिहान ४ बजे मुसारानी देवीको प्रस्थान साइत हुँदा शङ्ख घण्ट आफैँ बज्छन् भन्ने जनश्रुति रहिआएको छ । देवी (पार्वती) लाई माइतीघर पु¥याउँदा होस् या पोइलीघर पुर्‍याउँदा खापरको डोलीमा शिव पार्वतीको मूर्ति राखी चढाएको फलफूलले भरिन्छ । पाँचगाई बयानीले शुभयात्राको सबैतिर पुग नपुग हेरी परिपूरक बन्छन् भने खापर देवताको प्रमुख सुरक्षा गार्डका रूपमा कौछ्या धामी र दुदीर देवताको धामी मानिने परम्परा चल्दै आएको छ ।

डोली लिएर जाने बेलामा खप्तड तालको पहिलो पूजा खप्तडछान्ना–३ धणाका सार्की समुदायले लगाउने गर्छन् । उहाँहरूले खप्तड जाँदा निगालो काट्दा रगत बगेको देखेपछि देउता भेटेको भन्दै अरू समुदायले पहिलो पूजा लगाउन दिएको बताइन्छ ।


Spread the love
Previous Post

समता कृषि सहकारी संस्थाको बाहौं बार्षिक सधारणसभा सम्पन्न

Next Post

आजबाट सोह्र श्राद्ध सुरु

सम्बन्धित समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०८० आश्विन ११, बिहीबार २१:११
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०८० आश्विन ११, बिहीबार २१:११
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८० आश्विन ११, बिहीबार २१:११
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८० आश्विन ११, बिहीबार २१:११
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८० आश्विन ११, बिहीबार २१:११
थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।
समाचार

थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।

२०८० आश्विन ११, बिहीबार २१:११
Next Post
आजबाट सोह्र श्राद्ध सुरु

आजबाट सोह्र श्राद्ध सुरु

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!