दमक, ११ असोज : झापाको दमक-९, चियादोकानमा रहेको समता कृषि सहकारी संस्थाले आज बिहिबार आफ्नो बाहौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
दमक वडा नम्बर ९ का वडा अध्यक्ष कुवेर भट्टराईको प्रमुख आतिथ्यतामा रहेको थियो भने संस्थाका अध्यक्ष शान्तिराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । उत्कृष्ट बचतकर्ताहरु लिलामायाँ मगर र अञ्जनी उराउ, उत्कृष्ट बाल वचतमा तुलसा चिमरिया, कर्जा कारोबारमा रोहित विश्वकर्मा र असल कृषकमा मिजाईनी धिमाललाई पुरस्कृत गरिएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष शान्तिराम भट्टराईले प्रस्तुत गर्नु भएको अध्यक्षको प्रतिवेदन र संस्थाका लेखा संयोजक मोहन प्रसाद सिंखडाले प्रस्तुत गर्नु भएको लेखा समितिको प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।
कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक समिति सदस्य पर्शुराम रिजालले गर्नु भएको थियो भने संस्थाका सञ्चालक समिति सदस्य लक्ष्मी नेपालले स्वागत गर्नु भएको थियो ।
Discussion about this post