दमक, २२ जेठ : `पठन संस्कृतिको बिकास सँगै सकारात्मक सोच सहितको सु-संस्कृत युवा नेतृत्व´ भन्ने मुल नारालाई आत्मसात गर्दै स्थापना भएको डिपिएल कन्काई शाखाको वर्ष २०२३ को अध्यक्षमा कोमल न्यौपाने निर्वाचित भएका छन् ।
यस्तै वर्ष २०२३ को निबर्तमान अध्यक्षमा मदन प्रसाईं रहेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा बिशाल कडेल, उपाध्यक्षहरूमा रिसब सिङ्घ चाहर र सारिका गिरी, महासचिवमा श्रीजन श्रेष्ठ, कानुनी सल्लाहकारमा प्रताप बाबु जमर कट्टेल र कोषाध्यक्षमा समीर बिक निर्वाचित भएका छन् ।
Discussion about this post