आँखाभरि चुलाचुली मुटुभरि मायाँ
जातजाति भाषाभाषी सप्तरङ्गी छायाँ।
उत्तरमा मिक्लाचोङ अन्धा राजारानी
हाम्रो प्यारो चुलाचुली हामी भाग्यमानी ।
झापा मोरङ्ग धन्कुटा र पान्थरसम्म छुने
चाँजुबाग्द्वार कमलमावा रतुवा सुसाउने।
तीनकुने शिवालय चपेटी छ हाम्रो
कुइनेटार किराँतमन्दिर साकेला छ राम्रो ।
साँचे दोभान कान्छी बजार मिलन पोखरी
पुण्यश्वरी पान्चायन आँखै वरिपरि
च्याब्रुङ्डम्फु बज्छन् ,खेती अलैँची र धान
अम्लिसो र पशुपालन हुन्छ पर्यटन ।
लेखक : बिन्दुदहाल (मूकदर्शक)
Discussion about this post