कमल, १२ जेठ । झापाको कमल गाउँपालिकामा शिक्षकहरुका इमिस तथा आईसिटी सम्बन्धि ३ दिने तालिम सुरु भएको छ ।
कमल गाउँपालिकाको श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय कमल-२, क्याम्पाको सभाहलमा उक्त तालिम सुरु भएको हो ।
उक्त तालिममा २३ सामुदायिक विद्यालय र १३ संस्थागत विद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ । यस तालिममा विद्यालयले भोक्नु परेका विभिन्न आईसिटी सम्बन्धिका समस्याहरु र विशेषगरी विद्यालयमा भर्नुपर्ने ईमिसको समस्यालाई समाधान गर्नेका लागि तालिम सञ्चालन गरेको कमल गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक रबिन गौतमले बताए ।
उक्त तालिमको आयोजना कमल गाउँपालिकाले सञ्चालन गरेको हो भने तालिम जेठ ११ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ ।
Discussion about this post