मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दूधको उत्पादन बढाउन माग

दमक पोष्ट by दमक पोष्ट
२०७९ फाल्गुन २४, बुधबार ०८:२९
in समाचार
0
दूधको उत्पादन बढाउन माग
163
SHARES
510
VIEWS
Spread the love

बलेवा, २३ फागुन । अधिकांश समय बागलुङ दूधमा आत्मनिर्भरजस्तै छ । तर सुक्खा मौसममा यहाँ केही दूध पोखराबाट ल्याउने गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कानुसार बागलुङमा हरेक वर्ष दुई करोड ४९ लाख ९१ हजार लिटर दूध उत्पादन हुने गर्छ । तर अझै उत्पादन बढाएमा दूधको बिक्रीमा समस्या छैन ।

बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष दीपक गौतमका अनुसार शुद्ध दूध खानका लागि पुगेको जस्तो देखिए पनि दूधका परिकार बनाउने गरी उत्पादन छैन । जसका कारण मिठाइलगायतका परिकार बागलुङमा बन्दैनन् ।

बलेवा र कुश्मीसेरातर्फका केही किसानले पर्वतको कुश्मा लगेर दूध बेच्छन् । यी गाउँबाट सिधै पोखरा पनि दूध पठाउने गरिएको छ । पोखरा सिधै दूध पठाउँदा किसानले राम्रो मूल्य पाउँछन् । तर जिल्ला बाहिर जाने दूध पनि पर्याप्त छैन । दैनिक दुई–चार क्यान बेच्ने किसानले मेहनतअनुसारको कमाइ पाउन सकेका छैनन् । कतिपय ग्रामीण बजारमा दूध अभाव छ ।

कृषि मन्त्रालयको अध्ययनअनुसार एक जना मानिसलाई वार्षिक ९१ लिटर दूध आवश्यक पर्छ । राष्ट्रियरूपमा निकालिएको लक्ष्यको हिसाब गर्दा बागलुङमा भने प्रतिव्यक्ति ९३ लिटर पुग्ने गरी दूध उत्पादन भइरहेको छ । यहाँका कर्मचारी र बाहिरबाट आएर बस्ने विद्यार्थीसमेतको तथ्याङ्क जोड्दा त्यो अङ्क पुग्दैन । त्यसैले दूध उत्पादन बढाउनुपर्ने माग हुन थालेको छ ।

पोखरास्थित सुजल डेरीले त बागलुङका कतिपय ग्रामीण क्षेत्रमा पुगेर दूध उत्पादन बढाउन माग गरिसकेको छ । “दूध किनेर हामी लैजान्छौँ, तपाईँहरू उत्पादन गर्नुहोस् भनेका छौँ”, डेरीका सञ्चालक डा. लक्ष्मणबहादुर ढकालले भन्नुभयो, “दूध उत्पादन गर्न सकेमा बिक्रीको समस्या छैन ।” शुद्ध दूधमात्र उत्पादन गरेर नपुग्ने भन्दै उनले दुग्धजन्य परिकारमा जानुपर्ने धारणा राखे । डेरीको टोलीले जैमिनी नगरपालिकाका किसानसँग अन्तक्र्रिया गरेर दैनिक पाँच सय लिटरसम्म दूध पोखरा पठाइदिन आग्रह गरेको छ ।

पर्वतको लुङ्खुलगायतका क्षेत्रमा पनि दूध उत्पादन बढाउन सकेमा पोखरामा सहजै बिक्री गर्न सकिने गरी उद्यमीले खोजी गरेका छन् । स्थानीय किसानले पनि सोहीअनुसार उत्पादनको तयारी गरेको किसान विकास पौडेलले बताए । “यसअघि सोझै बजार लैजाने समस्या थियो, सडकले सहज बनाएपछि किसान आर्कषित भएका छन्”, पौडेलले भने, “व्यवस्थित कृषि फार्म चलाउन सकियो भने दूध बेच्न समस्या छैन ।”

जैमिनी नगरपालिका–१ का अध्यक्ष विष्णु आचार्यले नगर क्षेत्रभित्रका किसानलाई गाईभैँसी खरिदमा अनुदान बढाउन सकेमा दूध उत्पादन पनि बढ्ने बताए । “धेरै दूध दिने गाईहरू भित्र्याएर नियमित सङ्कलन गर्दै बजार पठाउन सकियो भने किसान काम गर्न तयार छन्”, उनले भने, “यो अवस्था आएमा पशुफार्मका लागि घाँसको व्यवस्थापनमा पनि पहल गर्छौँ ।”

पछिल्लो समय आएको सुपर नेपयर घाँसले गाईको दूध उत्पादन क्षमता बढाउने, ब्याउने गाईको सुरक्षा हुनेलगायतको फाइदा आएको भन्दै पुराना घाँसभन्दा नयाँ लगाउन ढकालले सिफारिस गरेको छ। “किसानको तत्परता भयो भने प्रतिदिन १२ लिटर दूध दिने गाईलाई ३० लिटरसम्म पु¥याउन सकिन्छ”, ढकालले भने, “फार्ममा पाल्ने तरिका फेर्दा पनि सुधार हुन्छ ।” ढकालका अनुसार सिमेन्टको भुइँ बनाउँदा गाईको खुट्टामा घाउ भएर दूध घटाउने गरेको, तनावका कारण गाई ब्याउने दर घटेको जस्ता अनुभव उनले सुनाए । ग्रामीण क्षेत्रमा सिमेन्टको भन्दा माटोकै भकारोमा राख्न उनले सुझाए ।

बागलुङको ताराखोलामा लिमे र पाराकोटे जातको भैँसी संरक्षण अभियानले पनि दूध उत्पादनमा बढोत्तरी दिएको छ । तर सडक अभावले ताराखोलाका किसानले भने समयमा बजारमा दूध पठाउन नसकेको बताए । “समयमै दूध बजार पुग्ने भए किसानले उत्पादन बढाउन चाहेका छन्”, स्थानीय प्रमानन्द गौतमले भने, “उत्पादनलाई बजारीकरणमा राज्यले साथ दिनुपर्छ ।” रासस


Spread the love
Previous Post

संघीय र प्रदेश सांसदका लागि अलग मतदान केन्द्र

Next Post

आज नारी दिवसको अवसरमा माइतिघर मण्डलामा “दीप-प्रज्वलन” कार्यक्रम सम्पन्न

सम्बन्धित समाचार

मन्त्री सुधनगुरुगॅले गृहको पदबाट दिए राजीनामा ।
समाचार

मन्त्री सुधनगुरुगॅले गृहको पदबाट दिए राजीनामा ।

२०७९ फाल्गुन २४, बुधबार ०८:२९
बजारमा सुन ८०० रूपैया प्रतितोला कायम,चॅादीको मुल्य पनि घट्यो ।
समाचार

बजारमा सुन ८०० रूपैया प्रतितोला कायम,चॅादीको मुल्य पनि घट्यो ।

२०७९ फाल्गुन २४, बुधबार ०८:२९
झापाको  भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।
समाचार

झापाको भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।

२०७९ फाल्गुन २४, बुधबार ०८:२९
रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।
समाचार

रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।

२०७९ फाल्गुन २४, बुधबार ०८:२९
पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।
समाचार

पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।

२०७९ फाल्गुन २४, बुधबार ०८:२९
सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०७९ फाल्गुन २४, बुधबार ०८:२९
Next Post
आज नारी दिवसको अवसरमा माइतिघर मण्डलामा “दीप-प्रज्वलन” कार्यक्रम सम्पन्न

आज नारी दिवसको अवसरमा माइतिघर मण्डलामा "दीप-प्रज्वलन" कार्यक्रम सम्पन्न

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!