दमक, ११ फागुन । झापाको दमकमा मुख्य कार्यालय रहेको डाईनामिक पब्लिक लाईब्रेरी (डिपिएल) को अध्यक्षमा हेमन्त नेपाल निर्वाचित भएका छन् । दमकमा सोमबार सम्पन्न डिपिएलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट नेपालको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय कार्यसमिति निर्वाचित गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको कानुनी सल्लाहकारमा प्रदिप शर्मा बराल ,बरिष्ठ उपाध्यक्षमा बालचन्द्र कार्की ,महासचिवमा लक्ष्मी न्यौपाने , कोषाध्यक्षमा कमल गैरे , चार उपाध्यक्षमा अश्विन देउजा ,लोकेश सापकोटा ,शिव पराजुली र अनु भण्डारी निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त सन्दिप चापागाईले जानकारी दिए ।
यसैगरि, समितिका निर्देशकहरुमा बिनोद भट्टराई ,दिवश खतिवडा ,श्रेयाश्री थापा , रोशन सिम्खडा , राजन चापागाईँ ,सुजन आचार्य र महेश भण्डारी चयन भएका छन् ।
पठन संस्कृति विकास संगै सकरात्मक सोचसहितको सुसंस्कृत युवा नेतृत्वको विकास गर्ने उद्देश्यले स्थापित डिपिएल महाधिबेशनको झापा क्षेत्र न. ४ का संघिय संसद सदस्य लालप्रसाद सावाँले उद्घाटन गरेका थिए । महाधिबेशनमा एक सय बढी प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहेको थियो ।
डिपिएलले हालसम्म देशभरिका १३ ठाँउमा शाखा विस्तार गरिसकेको छ ।
Discussion about this post