दमक – नेपाली काग्रेस निकट पत्रकारहरुको संगठन प्रेस यूनियन माई पश्चिम क्षेत्रीय कमिटीले नयाँ नेतृत्व पाएको छ । लामो समय देखी दमकका विष्णु सुब्बाले यसको नेतृत्व गर्दै आउनु भएको थियो । अव भने नयाँ नेतृत्व चयन गरिएको छ ।
नव गठीत कमिटीको अध्यक्षमा विष्णु पौडेल, उपाध्यक्षमा नगेन्द्रमणि न्यौपाने, महिला उपाध्यक्षमा शान्ति सुब्बा, सचिव सन्तोष विष्ट र कोषाध्यक्षमा नवराज न्यौपाने निर्वाचित हुनु भयो । यसैगरि समितिका सदस्यहरुमा युवराज रेग्मी, दिलकुमारी राई, प्रकाश चम्लागाई र देव तिम्सीना चुनिनु भएको छ ।
शनिबार इलामको चुलाचुलीस्थित चपेटीमा सम्पन्न यूनियनको दोश्रो अधिबेशनले निवर्तमान अध्यक्ष विष्णु सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरेको छ ।
सल्लाहकार समितिको सदस्यहरुमा गिरीराज भट्टराई, शेसेहाङ फियाक, बेणुप्रसाद अधिकारी र आत्मराम राजवंशी चुनिनु भएको छ । यूनियनको नेतृत्व चयन गर्न अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
बनभोजसहितको अधिबेशनमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बू, यूनियनकी केन्द्रीय सचिव रोजिना रोदन, प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, अग्रज पत्रकार गञ्जबहादुर दाहाल, कांग्रेस प्रदेश १ सदस्य भूमिराज राई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, प्रेस चौतारीका केन्द्रीय सदस्य टिकाराम उप्रेती, प्रेस सेन्टरका प्रदेश सचिव चिरन्जीवि घिमीरे लगायतले बोल्नु भएको थियो ।
Discussion about this post