मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

महिलाहरु पनि आत्मानिर्भर भएर समाज र मुलुकको लागि केहि गर्नुपर्छ – कृषा पोखरेल

दमक पोष्ट by दमक पोष्ट
२०७९ फाल्गुन ९, मंगलवार २०:४०
in अन्तर्वार्ता
0
महिलाहरु पनि आत्मानिर्भर भएर समाज र मुलुकको लागि केहि गर्नुपर्छ – कृषा पोखरेल
181
SHARES
567
VIEWS
Spread the love

कृषा पोखरेल नेपालको फेसन तथा सौन्दर्य ब्याबस्यायाको लागि नाम बनाउदै गरेकी एक सौन्दर्यकर्मी महिला हुन | मोरङ पथरी शनिश्चरेमा जन्मिएकी साधारण एबं धैरशाली कृषा कर्म र संघर्ष मन पराउछिन |

बाल्यकालदेखि नै सिर्जनात्मक कार्यमा रुची राख्ने कृषा अरुलाई सहयोग गर्न पाउदा खुशी हुन्छिन | सरल शालीन तथा सधै हासेर बोल्ने स्वभाब भएकी कृषा हेर्दा पनि आफैमा आकर्षक व्यक्तित्वको धनि छिन l सधै ब्यस्त रहने कृषा एक प्रश्नमा हास्दै भन्छिन व्यस्तताले गर्दा कृषा को प्यास मेटाउने राजकुमार नै भेटेको छैन , उनि थप्छिन क्यारियर बनाउन तर्फ लागे अन्य कुरा सोच्ने फुर्सदनै भएन l आफु लाइ फेसनको दुनियामा सधै अग्रणी तथा कुशल डिजाइनरको रुपमा स्थापित गराउन सफल कृषा भन्छिन जहा मेहनत र परिश्रम छ त्यहि सफलता पनि छ, आफुले पनि त्यहि मेहनत परिश्रम र राम्रो कामको कारणले गर्दानै सबैको माया पाउन र मन जित्न सफल भएको कुरा उनि बताउछिन l

बिगत २५ वर्ष देखि सौन्दर्यकर्मीको काम गर्दै आएकी कृषा अहिले केहि समय देखि आफनो शिप अरु धेरै महिलाहरुलाई पालरको तालिम दिदै ब्युटीपालर र तालिम सेन्टर संचालन गरिरहेकी छिन राजधानी काठमाडौंमा | कृषा ब्युटी सेलुन ट्रेडीग सेन्टर चलाई रहेकी छिन योग्य दक्ष अनि मेहनती बिदार्थी उत्पादन गरिरहेकी छिन |

नेपाली हिन्दि भोजपुरी मैथेली भाषामा बनेका दर्जनौ म्युजिक भिडियो चलचित्र फेसन शो तथा बिभिन्न इभेन्टहरुमा मेकअपआटिस तथा फेशन डिजाइनर भएर काम गरिसकेकि छिन कृषाले | त्यै शिप त्यै मेहेनतलाइ देशमा नै केहि गर्ने योजनाले रोजगारीका लागि आएका कयौ अबसरलाई उनले पन्छाएकी छिन |
उनले भनिन घर परिवारको इच्छा भनेको सरकारी जागिरे बनाउने हो तर म सौन्दर्यकर्मी फेशन डिजाइनर बनेँ । सबै कुरा सोचे जस्तो हुन्न, आफुले रोजेको बाटोमा अनि काममा सफल हुन पाउदा उनि अहिले खुसि पनि छिन र घर परिवार लगायत सबै खुसि नै छन अनि सबैको आशिर्बाद, माया साथ र सहयोगले गर्दा नै आफुलाई कृषाभनेर चिनाउन सफल भएकोमा उनि दङ्ग छिन ।

बर्षौ देखि निरन्तर बिभिन्न सिप सिकाएर स्वरोजगार तथा आत्मानिर्भर बनाईसकेकी उनले सुरुवाती समयमा कठिन परिस्तिथिमा आफुले काम गर्न परेको अनुभब सुनाउछिन कृषा | उधोग ब्यवसाय, महिला सशक्तीकरण सामाजिक कार्य र नारिहकहितामा दरिलो बनेकी सौन्दर्यकर्मी कृषा पोखरेल संग गरिएको कुराकानी :

-आजभोलि के गर्दै हुनुहुन्छ?
म धेरैजसो समय पालरमा नै बसिरहेको हुन्छु | दैनिक सेवागाहीहरलाई कसरि गुणस्थारिय सेवा दिन सकिन्छ त्यसैको लागि नै काम गरिरहेको हुन्छु | फेसन तथा सौन्दर्य समन्धी हुने सेमिनार गोष्ठीहरुमा सहभागी हुने गर्दछु |

तपाई ब्युटिसियन क्षेत्रमा कसरि लाग्नु भयो ?
पहीला देखिनै श्रीजनसिल , कालात्मक र क्रियासिल हुन् रुचाउने मेरो ब्याक्तिव थियो | महिलाहरु पनि आत्मानिर्भर भएर समाज र मुलुकको लागि केहि गर्नुपर्छ भन्ने मेरो मान्यता थियो | मेरो त्यै स्वभाब र आफनो क्षमता योग्यता साथ् एउटा उच्च र अग्रस्थानमा आफुलाई पुगेको हेर्ने चाहन्थे | मेरो लक्ष्य र सपनाकै कारण म यस्तो कामको खोजीमा थिए जसले मलाई नाम इज्जत स्वाभिमान दिनुका साथ् ब्यावसायिक र आर्थिक रुपमा सवाल बनाओस त्यै अभिप्रायका साथ आफनो पेशामा दक्षता हासिल गर्दै यहि क्षेत्रमा कार्यरत रही देश र समाजका लागि केहि गरेर देखाउने इच्छाले सौन्दर्य पेशामा आबद्ध भएको हुनुपर्छ |

नेपालि समाजमा सौन्दर्यकर्मिहरुको भूमिका कस्तो छ ? पछिल्लो समय सौन्दर्य पेशाले समाजमा प्रतक्ष्य पभाव पारेको छ किनभने यस क्षेत्रमा आबद् भएर सौन्दर्यकर्मीहरुले आफुलाइ उधमी र व्यवसायी बन्ने अवशर प्राप्त गरेका छन्। हामीले मुलुको आर्थिक सम्बृद्धको लागि टेवा पुर्याउनेकार्य गर्दै आएका छौ। स्वभामानका साथ थोरै लगानी गर्दै जुनसुकै ठाउमा पनी संचालन गर्न सकिने यो व्यावसायमा मानसम्मान पनी ततीकै छ । यस पेशाले स्वाबलम्बी र आत्मानिर्भर बनाउन ठुलो सहयोग पुर्याएको छ । महीलाहरलाइ स्वरोजगार र आत्मानिर्भर बनाउनु नै समाज र सामाजिक स्तरलाई माथि उठाउनु हो |

–तपाईको बिचारमा सुन्दरता केहो ?
सुन्दर हुनु भनेको आवरणमा आफुलाई चिरिच्याट्ट देखाउनु मात्र होइन, भित्रैबाट आफनो आत्माबिस्वास र दृढता मान्छेको व्यक्तित्व प्रभावशाली देखिन्छ | अतः खास सुन्दरता यसैमा झल्कन्छ । कसैका लागि सुन्दरता सुन्दर अनुहार होला, सुन्दर अनुहार पनि कालो गोरो गहुगोरो बिभिन्न पर्न सक्छन | कसैलाई सुन्दरता मन होला कसैलाई सुन्दरता ब्याक्तित्व लाग्न सक्छ अनि कसैलाई आकर्षण र आत्माविश्वास पनि मानिसको सुन्दरता लाग्न सक्छ | मेरो बिचारमा सुन्दरता भनेको भावनात्मक कुरा हो, जसलाई एउतै विशेषण र परिभाषाभित्र सिमित राख्न सकिदैन | प्राकृति नै हरेक मानिसलाई जन्मजात केहि न केहि सुन्दरता दिएको छ | हामि सौन्दर्यकर्मीको त्यसैलाई अलिकति निखार ल्याईदिने हो | उनीहरूको रूप–रङ्ग र जीऊडाल अनुसार मेकअप द्वारा सजाइदिने हो भने बाहिरी आवरणलाइ सुन्दर बनाइदिने हाम्रो काम हो।

यो त भयो बाहिरी सुन्दरताको कुरा तर मेरो बिचारमा एउटा सुन्दर व्यक्ति बन्नका लागि दृश्य र अदृश्य अर्थात बाहिरी आवरण र भित्री मन दुवै आकर्षक हुनुपर्छ । मेरो विचारमा हामीमध्ये धेरैजसो मान्छे सुन्दर यसकारण महसुश गर्दैनौ कि, हामी आफु स्वयम्लाई सुन्दैनौ सुन्दैनौ । यहीकारण हो कि, हामी सधै राम्रो महसुष गर्नका लागि कपडा, ब्राण्ड, फेशनलाई सुरक्षा कवचको रुपमा प्रयोग गर्छौ ।

हामीलाई त्यो कुरासम्म थाहा हुँदैन कि हामीमा त्यसको असर पर्यो कि परेन । यसको विपरित, समयसँगै उनीहरूको आत्मविश्वास कमजोर भइरहेको हुन्छ । यसैले मेरो विचारमा चाहे पुरुष होस् वा महिला, सुन्दरता भनेको सहजता महसुश गर्नु हो ।’

-फेसन डिजाईनर कस्तो ब्यवसाय हो ?
फेसन डिजाइनिङ भन्ने बित्तिकै राम्राराम्रा लुगा बुझिए पनि यसमा ग्राफिक डिजाइनदेखि हेयर डिजाइनिङ, मेकअप, फोटोग्राफी, मोडलिङ, कोरियोग्राफी, र्‍याम्प वाकिङलगायत विषय समावेश हुन्छन् ।फेसन जति आधुनिक विषय जस्तो लाग्छ, त्यत्तिकै सांस्कृतिक र सामाजिक विषयवस्तुको प्रभावमा पनि परेको हुन्छ । समय र स्थानले पनि फेसनको टे्रन्डलाई जोड्छ र मोड्छ’ |‘पहिलो त यसलाई अभिभावक छाडा विषय मान्थे, अहिले त अभिभावक नै आफ्ना छोराछोरीले यसमा भविष्य खोजेकोमा गर्व मान्न थालेका छन् ।’
ट्रेण्डलाई सुरु गर्नेदेखि परिमार्जनमार्फत निरन्तरता दिने खुबी फेसन डिजाइनरमा हुनुपर्छ । बढ्दो र मौलाउदो फेसन बजारको मागलाई बुझ्न र व्यवसायीक रुपमा अंगाल्नका लागि यो सीप सिक्न आवश्यक छ ।

-फेसन डिजाइनिङप्रति आम मानिसको धारणा कस्तो पाउनुभएको छ ?
फेसन डिजाइनिङ एउटा सिर्जना हो। यसमा व्यक्तिमा भएको सोचलाई पहिरनमा ढाल्ने गरिन्छ। त्यसैले फेसन डिजाइनिङ ग्ल्यामर र भल्ग्यारिटी होइन, क्रियटिभिटी हो भन्ने कुराको जनचेतना जगाउनु आवश्यक छ। काठमाडौंवासीले यसबारे केही बुझे पनि काठमाडौं बाहिरकालाई यसबारे चेतना जगाउन विभिन्न सोहरू गरिरहन आवश्यक छ । ‘यो क्षेत्रमा आउनुभयो भने स्वरोजगार बनेर आफ्नो जीविकोपार्जन गर्न सक्नुहुन्छ’ भन्दै मोफसलका कलेजहरूमा अभियान नै चलाउने आवश्यक देखिन्छ । कतिपय विद्यार्थीले कलेजमा पढेर राम्रो अंक ल्याउन नसके पनि उनीहरूमा सिर्जनशीलताको कमी हुँदैन।

-सौन्दर्य ब्यवसायमा पहिले र अहिलेको अबस्था कस्तो छ ?
सुन्दरताले आत्माविश्वास बढाउन मद्दत गर्छ तथापि पहिला पहिला सौन्दर्यकर्मीलाई समाजले राम्रो नजरले हेर्दैन थियो । विभिन्न आक्षेपहरु लगाउने गर्थे तर बिस्तारै समय परिबर्तन हुँदै गयो, मानिसहरुको सोच परिबर्तन हुँदै गयो, मानिसहरु आफ्नो सौन्दर्य प्रति सचेत हुन थाले। अहिले सौन्दर्य ब्यवसाय महिला दिदिबहिनीहरुको लागि एउटा मर्यादित पेशा बनेको छ।

स्वरोजगार तथा आत्मानिर्भर हुने एउटा दरिलो पाटो भएको छ। त्यसैले अहिले सौन्दर्य ब्यवसायमा आकर्षण बढेको छ । मानवको व्यक्तित्वमा सौन्दर्यले ठूलो भूमिका खेलेको हुन्छ । त्यसैले पनि होला अहिलेको अबस्थामा सौन्दर्यकर्मीको माग र इज्जत पनि उत्तिकै बढ्दो छ ।

-सौन्दर्य व्यवसायको भविष्य कस्तो होला ?
बाह्य तथा आन्तरिक सुन्दरताले अरुलाई आकर्षण या विकर्षण के गर्छ भन्नेमा भर पर्छ । यस अर्थमा मानव जीवनमा सौन्दर्यले ठूलो भूमिका खेलेको हुन्छ । सुन्दर देखिने चाहना सबैको हुन्छ,सुन्दरताले गर्दानै मानब जीवन मनमोहक बन्छ त्यसैले सौन्दर्य पेशाको भविश्य सुनौलो छ । किनभने यो सवै आवश्यकता र समयको माग हो ।

नेपालीको सोचमा पनि आमूल परिवर्तन आएको छ । केही समय अघिसम्म नेपालमा सौन्दर्य व्यवसायलाई खासै राम्रो दृष्टिकोणले हेरिँदैनथ्यो । तर, समय परिस्थितिसँगै व्यक्ति र समाजको सोचमा पनि आमूल परिवर्तन आएको छ । अझ पछिल्ला दिनमा त मानव जीवनको लागि सौन्दर्य सिँगार अपरिहार्य जस्तै बनेको छ । त्यसैले सौन्दर्य पेश व्यावसायिक रूपमा नै द्रुत गतिमा फस्टाउन थालेको छ । ब्यबसायिक सौन्दर्यकर्मीको आम्दानि समेत मनग्य हुन्छ। यो व्यवसायमा आबद्ध भएपछि, लगनशील, आत्मनिर्भर, स्वावलम्बी र साहसी मात्रै बनेका छैनन्, महिलाहरु समाजसेवा तर्फ पनि पाइला अघि बढाइरहेका छन् ।

-अन्य क्षेत्र भन्दा यो क्षेत्रमा जोखिम बढि छ नि है ?
हो, सहि भन्नुभयो । अन्य क्षेत्रमा स्वास्थ्य मापदण्ड पुरा गरेर ब्यबसाय सञ्चालन गर्न सकिन्छ । तर यो पेशामा ति कुराहरु लागु हुन सक्दैनन् । जस्तै माक्स, सेनिटाइज र भौतिक दुरी कायम गरेर सेवा दिन सकिदैन । सेवा लिने र दिने दुबै प्रत्यक्ष संलग्न हुनुपर्दछ । जसले गर्दा यो पेशा एकदमै चुनौतीपुर्ण छ । जस्ले गर्दा ग्राहकहरु पनि पार्लर अउन डराउने गरेका छन् । ब्युटिसियनहरुले भने आम्दानीको आशमा पार्लर सञ्चालन गरिरहेका छन् ।

-सौन्दर्य तथा फेसन डिजाइनर ब्यबसायमा कृषा पोखरेलको पहिचान के हो ?
कृषा पोखरेलएक साधारण नारी हो | भाग्यमा भन्दा पनि कर्ममा बिश्वास गरेर मेहनतका साथ गुणस्तरीय सेवा प्रदान गर्ने सौन्दर्यकर्मी हुँ। सयौं सौन्दर्यकर्मीहरुलाई सिप प्रदान गर्दै हाम्रा भगवानरूपी ग्राहकहरुलाई सुन्दरतामा निखारता ल्याउने काम गर्दै आएकी छु।

त्यसका अलावा हामीले फेसन र सौन्दर्य सम्बन्धि ट्रेनीङ समेत दिदैं आएका छौ। तसर्थ म सबै तह तप्काका मानिसहरूसँग मिल्न सक्ने मिलनसार, सहयोगी भावाना भएको महिला हुँ। हाम्रो पेशामा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवाको साथमा इमान्दारिता, बिश्वास चाहिन्छ तसर्थ कृषा पोखरेल पहिचान भनेको इमान्दारिता हो। यहि इमान्दारिता र कार्य दक्षताको कारण मेरो कृषाब्युटी सेलुन ट्रेडीग सेन्टर सेलिब्रिटी , ब्यबसायी, गृहिणी देखि सर्वसाधारण सम्म आउनु हुन्छ ।

-अन्त्यमा , फेसन तथा ब्युटिसियनहरूलाई के–कस्तो सुझाब दिन चाहनुहुन्छ ?
सौन्दर्य तथा फेसन ब्यबसाय एक मर्यादित पेशा हो। हामी महिला दिदीबहिनीहरू आत्मनिर्भर भएर स्वरोजगार बन्न सक्ने ब्यबसाय भएकोले यो पेशामा आउनु भन्दा अगाडी राम्रो एकेडेमी, ट्रेनीङ सेन्टरमा गएर दक्ष प्रशिक्षकमार्फत तालिम ज्ञान लिनु होला। समयको परिबर्तन संगै नयाँ प्रबिधि, न्यु स्टायलहरु अपडेट भईरहेको हुन्छ त्यसैले हाामी ब्युटिसियनहरू पनि समय सगै चल्ने फेसनलाइ पछ्याउदै अपडेट हुन आवश्यक छ।

 


Spread the love
Previous Post

प्रेस यूनियन माई पश्चिमको अध्यक्षमा पौडेल

Next Post

नयाँ वर्षलाई स्वागत गरी मनाइयो ग्याल्पो ल्होसार

सम्बन्धित समाचार

अन्तर्वार्ता

विप्लव´र नेकपा माओबादिका नेता सुदन किराँती बिच भेटवार्ता ।

२०७९ फाल्गुन ९, मंगलवार २०:४०
युद्धविराम सहमतिपछि इजरायल र हमासले के- के भने ?
Banner News

युद्धविराम सहमतिपछि इजरायल र हमासले के- के भने ?

२०७९ फाल्गुन ९, मंगलवार २०:४०
निर्वाचन क्षेत्रमा योजना वितरणको अनुपात लगभग समान्य रहेको-संजिव कुमार साह
अन्तर्वार्ता

निर्वाचन क्षेत्रमा योजना वितरणको अनुपात लगभग समान्य रहेको-संजिव कुमार साह

२०७९ फाल्गुन ९, मंगलवार २०:४०
Next Post
नयाँ वर्षलाई स्वागत गरी मनाइयो ग्याल्पो ल्होसार

नयाँ वर्षलाई स्वागत गरी मनाइयो ग्याल्पो ल्होसार

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!