कमल । ३०१ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर डाईनमिक पब्लिक लाईबेरी (डिपिएल) कमल टिम र क्लब हिमालयन टाईगर कमलको संयुक्त आयोजनामा कमल गाउपालिकाको केर्खा बजारमा आज साँझ दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा डिपिएल कमलका अध्यक्ष दिवस खतिवडा र क्लब हिमालयन टाईगर कमलका संयोजक केदार चापागाईं लगायत कमलमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै स्थानिय बासिन्दाको उपस्थिति रहेको कार्यक्रमको सञ्चालक डिपिएल कमलका संस्थापक अध्यक्ष राजन चापागाईले गर्नुभएको थियो ।
Discussion about this post