बलत्कारको आरोप लागेका क्रिकेट टोलिका पुर्वकप्तान सन्दिप लामिछाने पक्राउ परेका छन।
प्रहरिमा बलत्कारको आरोपमा जाहेरी दर्ता भएको १ महिनापछी लामिछाने पक्राउ परेका हुन । लामिछाने अमेरिका हुँदै कतार दोहामा ट्रान्जिट हुँदै नेपाल बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण भए लगत्तै अध्यागमन बिभागका कर्मचारिले नियन्त्रणमा लिएर नेपाल प्रहरिलाई जिम्मा लगाएको हो।
उनी कतार एअरवेजको क्यूआर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।लामिछानेले आफू अमेरिकाबाट आएको भनेर अध्यागमनलाई जानकारि गराएका थिए ।
पिडित किशोरिले २१ भदौ २०७९ मा लामिछाने बिरुद्द जबर्जस्ति करणीको आरोपमा गौशाला प्रहरी बृत्तमा जाहेरी दिएकी थिईन । पिडितले आफुलाई तिलगङ्गाको एक होटेलमा बलत्कार गरेको भन्दै दिएको जाहेरि प्रहरिले २२ भदौ २०७९ मा दर्ता गरेर अनुशन्धान अघि बढाएकोमा २३ भदौमा काठमडौ जिल्ला अदालतले पक्राउ अनुमती दिए लगत्तै प्रहरिले लामिछानेलाई फरार सुचिमा राख्यो भने नेपाल क्रिकेट संघ (क्यान)ले कप्तानबाट निलम्बन गरेको तथ्य सार्बजनिक गरेको थियो । निलम्बन हुनु अघि लामिछाने क्यानको सम्पर्कमा रहेको र त्यसपछी सम्पर्क बिहिन भएका थिए।उनी प्रहरी र क्यानको सम्पर्कमा नआएपछी विमान स्थल अध्यगमन बिभाग कार्यलयले पनि उनलाई कालोसुचिमा राखेका थिए।
सन्दिप नफर्किएपछी असोज ७ मा ईन्टरपोलको डिफ्युजन नोटिसमा राखेर बिस्वभरका प्रहरी मार्फत खोजी अघि बढाएका थियो। लामिछानेलाई प्रहरिले मुलुकी अपराध सङ्हिता २०७४ को दफा २१९ अन्तरगत अनुसन्धान भैरहेको र अनुसन्धान प्रमाणित भए लामिछाने १० देखि १२ बर्षसम्म जेल सजाय हुने ब्यबस्था छ।लामिछाने जारी क्यारेबियन प्रीमियर लिग (सिपिएल)मा आबद्द रहेको बुझिएको छ ।
Discussion about this post