मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा

दमक पोष्ट by दमक पोष्ट
२०७९ आश्विन २०, बिहीबार १३:०७
in बागमती प्रदेश, समाज
0
ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा
164
SHARES
511
VIEWS
Spread the love

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा परेको छ । ताललाई जलकुम्भी सहित झारले ढपक्क ढाकेकाले उक्त तालको अस्तित्व नै संकटमा परेको हो ।

कावासोती नगरपालिका वडा नम्बर ७ र ८ मा फैलिएको ताल पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ । हालको बजार क्षेत्र मानिने कावासोती २, ३, ८ मा तत्कालीन वस्ती विकासको समयमा खानेपानी उपलब्ध नहुँदा टरुवा तालको पानी उपयोगमा ल्याएर स्थानीयवासीले आवश्यकता परिपूर्ति गर्ने गर्दथे । सोही तालको मुहानबाट पानी ल्याएर यहाँका बासिन्दाले पिउने, गाईबस्तुलाई खुवाउनदेखि घर निर्माणका कार्यमा समेत प्रयोग गर्ने गर्दथे ।

टरुवा ताल भएकै कारण पानी उपलब्ध भएकाले नै हालको कावासोती बजार विकसित भएको भन्ने धारणा रहिआएको छ । यसकारण पनि ताललाई ऐतिहासिक तालको सङ्ज्ञा दिने गरिएको हो । पछिल्लो समय ताललाई कावासोती तालका रुपमा समेत चिन्ने गरिन्छ ।

करिब तीन दशमलव ५२ हेक्टर जमिनमा फैलिएको तालको सरसफाइ नहुँदा झारले पुरिएको छ । टरुवा ताल झट्ट हेर्दा घाँसेमैदान जस्तै देखिने भएको छ । नियमित सरसफाइका कुनै कार्यक्रम नहुँदा तालको अस्तित्व संकटमा परेको स्थानीय धनबहादुर महतोले गुनासो गर्नुभयो ।

केही वर्ष अघिसम्म तालको संरचना राम्रै रहेको भएपनि अहिले झारले ढाकेर तालनै सुक्ने खतरा उत्पन्न भएको उहाँले बताउनुभयो । ‘पहिले राम्रो थियो, विस्तारै झारले ढाक्दै गयो, अहिले चौरजस्तो देखिन थालेको छ’, महतोले भन्नुभयो, ‘पहिले सबैलाई पानी खुवाएको ताल अहिले आफैं संकटमा छ ।’

जिल्लाको सदरमुकाम कावासोतीमा रहेको र राजमार्गदेखि करिब एक किलोमिटरको दूरीमा रहेको उक्त ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नसके जिल्लाकै महत्वपूर्णस्थलका रुपमा परिचित हुने नवलपुर होटल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष रानामगरले बताउनुभयो ।

ताल क्षेत्रकै स्थानीयवासी समेत रहनुभएका उहाँले यसलाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरे वरपरका बासिन्दाको आर्थिक अवस्था सुधारदेखि स्थानीय सरकारलाई आम्दानीको स्रोत समेत बन्ने उहाँको भनाइ थियोे । ‘यति सुन्दर ताल छ, यसलाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरे दैनिक सयौंको सङ्ख्यामा ताल अवलोकनका लागि आउने छन्’, अध्यक्ष रानामगरले भन्नुभयो, ‘वरपर आर्थिक गतिविधि बढ्नेछ, स्थानीयवासीको आम्दानीको स्रोत बढ्छ, नगरलाई पनि आम्दानी हुन्छ ।’

टरुवा तालसँगै हरियाली वातावरण, नजिकै रहेको नर्मदेश्वर महादेव मन्दिर, ताल परिसरसँगै जोडिएको गुम्बा आफैंमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् । यसलाई जोडेर एकीकृतरुपमा विकास गर्नसके जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य बन्ने उहाँले बताउनुभयो । प्राकृतिकरुपमा प्राप्त जिल्लाकै सुन्दर उपहार भए पनि यसलाई चिन्न सकिएको छैन । ‘यो साँच्चै प्रकृतिले दिएको सुन्दर उपहार हो, हामीले यसलाई चिन्न सकेनौं, विकासको नाममा विनाशमा लाग्यौं’, अध्यक्ष रानामगरले भन्नुभयो, ‘ताललाई पुरानो अवस्थामा फर्काउन आवश्यक छ ।’

उक्त ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, यस क्षेत्रमा पार्क निर्माण गर्ने योजनासहित कावासोती नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । सोहीअनुसार करिब दुई वर्ष अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा टरुवा तालको विकासका लागि नगरपालिकासँगको साझेदारीमा रु सात करोडको काम सुरु गरिएको थियो ।

क्रमागत योजनाका रुपमा तीन वर्षसम्ममा साझेदारीमा काम सक्ने गरी कार्यक्रम अगाडि बढाइएको थियो तर पहिलो चरणमा तालको उत्तरतर्फ केही ग्याबिन बाध्ने र बाटो बनाउने काम भए पनि अन्य काम भने अघि बढ्न सकेन । कोभिडको असरसँगै सो समयको कामसमेत अधुरै रहेको छ । त्यसयता ताल संरक्षण र यसको विकासमा कुनै पनि काम अघि बढ्न सकेको छैन ।

ताललाई झारले ढाक्दासमेत सरसफाइमा समेत कसैको नजर पर्न सकेको छैन । टरुवा ताल कावासोती वडा नम्बर ७ सहित तल्लो भेगका जनताका लागि जलस्रोतका रुपमा रहेको छ । सो क्षेत्रमा निस्किएको मुहानबाट ताल हुँदै तल्लो क्षेत्रमा सिँचाइका लागिसमेत पानीको प्रयोग हुँदै आएको छ तर पनि न त मुहानको संरक्षण न त तालको संरक्षणमा कसैले पनि चासो देखाएका छन् । – रासस


Spread the love
Previous Post

बलत्कारको आरोप लागेका पुर्वकप्तान लामिछाने पक्राउ

Next Post

चन्द्रागिरिमा पहिरो जाँदा एकै परिवारका तीनजनाको मृत्यु

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७९ आश्विन २०, बिहीबार १३:०७
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७९ आश्विन २०, बिहीबार १३:०७
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ आश्विन २०, बिहीबार १३:०७
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७९ आश्विन २०, बिहीबार १३:०७
भोलि र पर्सि सार्वजनिक बिदा ।।
जीवनशैली

भोलि र पर्सि सार्वजनिक बिदा ।।

२०७९ आश्विन २०, बिहीबार १३:०७
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०७९ आश्विन २०, बिहीबार १३:०७
Next Post
पर्सामा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

चन्द्रागिरिमा पहिरो जाँदा एकै परिवारका तीनजनाको मृत्यु

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!