झापा । झापाको दमक नगरपालिका-३ बेलडाँगीका ४४ बर्षीय एल.बि. भन्ने लाल बहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका-५ पकुवामा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार झापा र ईलामको सिमानामा पर्ने चुलाचुली-५ को रतुवा खोलाकि झोलुङ्गे पुलमा धारिलो हतियार खुकुरी प्रहार पछि घाईते भएका गुरुङ्गको सोही दिन साझ बि एन्ड सि अस्पताल बिर्तामोड पुर्याएपछि मृत्यु भएको थियो । गुरुङ्गको हत्यामा सङ्ग्लग्न भएको आरोपमा ९ जनाको संलग्न रहेको जिल्ला प्रहरी कार्यलय ईलामले जनाएको छ । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यलय ईलामको प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेको नेतृत्वको टोलि चुलाचुली पुगेको हो ।
घट्नामा सग्लग्न ९ जनालाई प्रहरिले शुक्रबार सार्बजनिक गरेको हो । हत्यामा संलग्न भएको आरोपमा चुलाचुली गाउपालिका वडा न-४का बर्ष २५ का शिव हाङ्ग भनिने नरेन्द्र दर्जी बर्ष २९ का झ्याम्ले भन्ने नरेश कुमार याक्खा बर्ष २१ का अभिषक केरुङ्ग बर्ष २०का सेसे भन्ने सेसेहाङ्ग याक्खा ,बर्ष ३३ का सन्तु भन्ने चन्द्रकुमार ईवा, त्यस्तै बर्ष ३५ का डम्बर ईवा, बर्ष ३० का टीका भन्ने नरेन्द्र तुम्रोक,बर्ष २६ का बिक्रम हिङ्ग्माङ(नेपाली), बर्ष २९ पर्शु राई,पनि पक्राउ परेको जानकारी जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दीलिप घिमिरेले जानकारी दिए ।
पक्राउपरेका सबैजना चुलाचुली-४ का हुन । हत्या बदलाका लागि भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।घटना हुन अघि मृतक गुरुङ्गले नरेन्द्र तुम्रोकका भाइ सुजनलाई कुटपिट गरेको र सोही घटनाको बदला चुकाउन आरोपिहरुले कुटपिट गरिएको र मार्ने सम्मको योजना बनाएको अनुसन्धान प्रमुख एस्पि घिमिरेले बताए। गुरुङ्ग को ठेगानामा बस्ने दावा गुरुङ्गसँग पहिले देखि नै रिस ईबि रहि मृत्तक गुरुङ्गले खोजिरहेका रहेछ्न घिमिरेले भने । दावा तामाङ्गलाई हामिले पक्रेका छौ आउनु भनी आरोपितहरुले मृत्तक्को श्रीमतिको फोनमा सम्पर्क गरि घटना स्थलमा बोलाएको देखिन्छ ।
गुरुङ्ग चुलाचुली-३ का राकेश फियाक, भुटानी शरणार्थी प्रदिप तामाङ्ग ,नरबाहादुर राईलाई लिएर २ वटा मोटरसाईकलमा घटना स्थल पुगेका थिए। एलबी गुरुङ्ग स्वयम् आपराधिक कार्यमा सम्लग्न व्यक्ति भएकोले पटकपटक जेलजिवन बिताएर फर्केका व्यक्ति हुन ।मृत्तकलाई हान्न प्रयोग गरिएका रगत लतपतिएका केही ढुङ्गाहरु, दाप सहितको खुकुरी अनुसन्धानमा खटिएकाहरुले बरामद गरेको छ ।
Discussion about this post