नुवाकोटको बेलकोटगढी आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का नुवाकोटसहित धादिङ र उपत्यकाका विभिन्न जिल्लामा महसुस गरिएको थियो । मानवीय र भौतिक क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन । २०७२ सालको भूकम्पपछि परकम्प आउने क्रम रोकिएको छैन ।
Discussion about this post