काठमाडौं – काठमाडौं जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । मंगलबार जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहितको माटो र ग्यास निस्किएको हो ।
बोरिङ खन्ने क्रममा तीन सय फिट जति खनिसकेपछि एक्कासी विस्फोट भएर लेदोसहित ग्यास निस्किएको प्रहरीले जनाएको छ । ग्यास निस्किँदा छेउछाउका घरहरू हिलाम्मे भएका थिए । बोरिङ खन्दा निस्केको ग्यास मिथेन भएको खानी तथा भूगर्भ विभागमा कार्यरत पृथ्वीलाल श्रेष्ठले जानकारी दिए ।
लामो समयदेखि ग्यास भण्डारण भएर बसेको ठाउँमा खन्दा यस्तो निस्कने गरेको विभिन्न अध्ययनले देखाएका उनको भनाइ छ । जमिनभित्रै जम्मा भएर बसेको अवस्थामा मानिसले खन्दा एक्कासी विस्फोट भएको श्रेष्ठले बताए ।
Discussion about this post