मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्रहरीले दुर्व्यवहार गरेको स्वास्थ्य विभाग सचिव थापाको आरोप (प्रेस विज्ञप्ती सहित)

दमक पोष्ट by दमक पोष्ट
२०७९ श्रावण ३, मंगलवार २०:३२
in कोशी प्रदेश, समाचार
0
प्रहरीले दुर्व्यवहार गरेको स्वास्थ्य विभाग सचिव थापाको आरोप (प्रेस विज्ञप्ती सहित)
166
SHARES
520
VIEWS
Spread the love

दमक  – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ र राष्ट्रिय युवा संघ नेपालले एमाले निकट महासंघकी स्वास्थ्य विभाग सचिव अम्बिका प्रसाई थापालाई प्रहरीले दुव्र्यवहार गरेको भन्दै पत्रकार सम्मेलन गरेको छ ।

थपाले आइतबार साँझ ८ः४० बजे होस्टेलमा बच्चा लिन जाँदा सवारी चालक अनुमति पत्र नबोकी स्कूटीमा गएको र सोही समयमा ट्राफिक चेकिङमा परेर प्रहरीले स्कूटीको चाबी खोसेको मंगलबार झापाको दमकमा आयोजित पत्रकार सम्मलेनमा बताइन् । उनले प्रहरीले आफूलाई हातपात गरेको समेत आरोप लगाएकी छन् ।

व्यवहारिक समस्या देखाएर अनुरोध गर्दा पनि प्रहरीले चाबी फिर्ता नदिएको र जरिवाना काट्न अनुरोध गर्दा पनि नमानेको साथै आफ्ना श्रीमान राजकुमार थापासमेतले अनुरोध गर्दा पनि इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीसहित प्रहरी टोलीले सो अनुरोध इन्कार गरेको थापाको भनाइ छ । राजकुमार थापा खेलकुद महासंघको प्रदेश नम्बर १ का अध्यक्ष समेत हुन् ।

दमक प्रहरीले राजनीतिक पूर्वाग्रहका आधारमा एमाले निकटलाई दुव्र्यवहार गरिदै आएको पत्रकार सम्मेलन आयोजक संगठनहरुले विज्ञप्तिसमेत जारी गर्दै आरोप लगाएका छन् ।

तर, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक गिरीले भने साउन १ गतेको घटनाको परिवेश थापाले भने भन्दा फरक किसिमको रहेको प्रतिक्रिया दिएका छन् ।

ट्राफिक प्रहरी र इप्रका दमकको संयुक्त चेकजाँचको क्रममा दमक ५ स्थित भृकुटी चोकमा लाइसेन्स नबोकेका, हेल्मेट नलगाएका, मादक पदार्थ सेवन गरेका, तोकिए भन्दा बढी संख्यामा यात्रु बोकेका सिटी सफारीदेखि मोटर साइकल र निजी कारसमेतलाई चेकिङ गरिएको र सोही चेकजाँचका क्रममा अन्य सवारी साधनसहित थापा पनि बिना सवारी चालक अनुमतिपत्र सवारी चलाएको अवस्थामा पाइएकाले उनको स्कूटी नियन्त्रणमा लिइएको गिरीको भनाइ छ ।

प्रहरीका तर्फबाट ट्रफिक नियम उल्लंघन गरेको पाइएकाले स्कूटी नियन्त्रणमा लिने कार्य भएको तर थापाले आरोप लगाए जस्तो हातपात वा कुनै प्रकारको दुव्र्यवहार नभएको गिरीले स्पष्ट पारे । उनले घटना करिब ९ः१५ बजेको समयमा भएको बताए ।

चेकजाँचकै क्रममा थापा सवार प्रदेश १-०४-००१ प ८२४ नम्बरको स्कूटी बिना लाइसेन्स चलाइएको पाइएकाले नियन्त्रण लिइएको उनको भनाइ छ ।

स्कूटी प्रहरीले नियन्त्रणमा लिइसकेपछि थापाका श्रीमान राजकुमार थापा चेकजाँच भइरहेको स्थानमा आएको र प्रहरीलाई गालीगलौज गरेको गिरी बताउँछन् ।

उनले भने –‘स्कूटी इलाका प्रहरी कार्यालयमा राखेका छौं । उहाँले ट्राफिक कार्यालयबाट चिट काटेर आए छाडिदिन्छौं । कानून बमोजिमको कारबाही गर्न हामी प्रतिबद्ध छौं ।

यता संगठनहरुले भने विज्ञप्तिमार्फत दमक प्रहरीले स्थानीय शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ –‘दमक क्षेत्रमा लागु औषध, यौनजन्य क्रियाकलाप, जुवातास, चोरी निकासी व्यवसायिक रूपमा अत्यधिक बढिरहेको छ । यो नियन्त्रण गर्न दमक प्रहरी असफल भएको छ । आम जनमानसमा यस कार्यमा प्रहरीकै संरक्षण त छैन ? भन्ने जिज्ञासा पलाइरहेको छ ।

प्रहरी नायव उपरीक्षक गिरीले भने शान्ति सुरक्षाका विषयमा उठाइएका कुरालाई प्रहरीले सुझावका रूपमा लिएको बताउँछन् । प्रहरीले अपराध नियन्त्रण, अपराध अनुसन्धानको क्षेत्रमा संवेदनशीलताका साथ काम गरिरहेको बताएका छन् ।

 


Spread the love
Previous Post

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

Next Post

जाेरपाटीमा बाेरिङ खन्दा निस्कियाे मिथेन ग्यास

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ श्रावण ३, मंगलवार २०:३२
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ श्रावण ३, मंगलवार २०:३२
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ श्रावण ३, मंगलवार २०:३२
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ श्रावण ३, मंगलवार २०:३२
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ श्रावण ३, मंगलवार २०:३२
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७९ श्रावण ३, मंगलवार २०:३२
Next Post
जाेरपाटीमा बाेरिङ खन्दा निस्कियाे मिथेन ग्यास

जाेरपाटीमा बाेरिङ खन्दा निस्कियाे मिथेन ग्यास

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!