काठमाडौं । प्रतिक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै स्वदेश तथा विदेशमा एकसाथ रिलिज भएका यो फिल्म करिब १२ सय पर्दामा एकसाथ प्रदर्शनमा आएको हो ।
स्वदेशमा नेपाली र विदेशमा हिन्दी संस्करण रिलिज भएको फिल्मले स्वदेश तथा विदेशमा राम्रो ब्यवसाय गर्ने अपेक्षा गरिएको छ । निर्माण भएको तीन वर्ष सार्वजनिक प्रदर्शनमा आएको यो फिल्मको हिन्दी संस्करण सेन्चरमा ढिलाई भएको कारण सोमबार मात्र रिलिज हुने बताइएको छ ।
हिन्दी डबले नेपालमा पाएको चर्चा, श्रृखंलाबद्ध विवाद, नाम चलेका कलाकारको अभिनय, गीत–संगीतले पाएको लोकप्रियताका कारण फिल्मले ठूलो हाइप छ । यसैले फिल्मले ओपनिङ ब्यवसाय समेत राम्रो गर्ने अपेक्षा छ ।
नेपाली फिल्मको इतिहासमा फिल्म ‘कबड्डी ४’ ले सर्वाधिक कलेक्सनको रेकर्ड बनाएको छ । यो रेकर्ड ‘प्रेमगीत ३’ले तोड्न सक्ने विश्लेषण गरिएको छ । देशभरका अधिकांश सिंगल हल कब्जा गरेको फिल्मले मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाएको छ ।
छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री लगायतका कलाकारको अभिनय छ ।














Discussion about this post