काठमाडौँ – दोल्ती पावर कम्पनीले साधारण सेयर बिक्री गर्ने भएको छ।
कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने तयारी गरेको हो।
स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८ कित्ता सेयर बिक्री खुलाउने स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको छ। कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको आईपीओ बिक्री खुलाउन अनुमति मागेको छ।
कम्पनीको सेयर बिक्री प्रबन्धक तथा निष्कासकमा एनआईसी एसिया क्यापिटल रहेको छ। बोर्डले आईपीओ बिक्री गर्न अनुमति दिएलगत्तै पावरले बिक्री खुलाउने छ।














Discussion about this post