काठमाडाैँ – गृह मन्त्रालयले १३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। सरुवासँगै चार जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।
सुनसरीमा प्रभुप्रसाद ढकाल, उदयपुरमा ज्ञानेन्द्रप्रसाद फुँयाल, इलाममा दिलीप घिमिरे र नुवाकोटमा रमेश पण्डित प्रहरी प्रमुखका रूपमा खटिएका छन्।
प्रहरी प्रधान कार्यालयले तीन दिनअघि मात्र २४ जना एसपीको सरुवा गरेको थियो । काठमाडौं उपत्यका शसस्त्र प्रहरी गण नम्बर २ मा सरुवा भएका घिमिरेको तीन दिनमै काज सरुवा भएर इलाम प्रहरी प्रमुख भएका हुन् ।
















Discussion about this post