काठमाडौँ – खाेटाङ केन्द्रविन्दु भएर भूकम्प गएकाे छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो । खोटाङ‚ सिन्धुपाल्चोक‚ काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।
साथै भोजपुरमा केही घरहरु भक्तिएका छन् । भोजपुर नगरपालिकाको वडा नं. १२, टक्सारमा रहेको ईटाको दुई तले घरमा क्षति पुगेको छ । भने मानवीय क्षति भने भएको छैन । भत्केको घरमा ०७२ देखि नै कोही पनि बस्ने गरेका थिएनन्।
अहिलेसम्म भूकम्पको क्षतिको पूर्ण विवरण आइसकेको छैन।
















Discussion about this post