दमक । झापाको जिल्लाको माइपश्चिम क्षेत्रका क्रियाशील पत्रकारहरु संगठीत भएका छन् । माइपश्चिम क्षेत्रलाई कार्यथलो बनाएर विभिन्न सञ्चारमाध्यमहरुमा काम गरिआएका क्रियाशील पत्रकारहरुको भेलाले ‘सक्रिय पत्रकार सञ्जाल’ गठन गरेका हुन् ।
बुधबार दमकमा भएको भेलाले गिरीराज भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेका हुन् । गठित समितिको उपाध्यक्षमा अनिलदेव राई, सचिवमा चिरन्जीवि घिमीरे, कोषाध्यक्षमा बिष्णु पौडेल चुनिएका छन् । यसैगरि सदस्यहरुमा आत्माराम राजवंशी, सेसहाङ फियाक, शान्ति सुब्बा, गोविन्द ल्वागुन, शुष्मा नेपाली रहेका छन् ।
यसैगरि भेलाले बिमल लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको सचिव घिमीरेले बताए । सल्लाहकार समितिको सदस्यहरुमा विष्णु सुब्बा, डिकेश लामा, डण्डीराज घिमीरे, दुर्गा पौडेल रहेका छन् ।
यसैगरि, सोहि भेलाले सचिव घिमीरेको संयोजकत्वमा पाँच सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको छ । गठित विधान मस्यौदा समितिको सदस्यहरुमा रोमणी लामिछाने, बेणु अधिकारी, शान नेपाल र सुमित भण्डारी रहेका छन् ।















Discussion about this post