कमल । झापको कमल गाउँपालिकामा रहेको कमल नगर जेसीजले आज एक कार्यक्रममा विच गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिलाई बधाई, सम्मान तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गत बैशाख ३० गते सम्पन्न स्थनिय तह सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई खादा तथा सम्मानपत्र द्वारा सम्मान गरिएको कमलनगर जेसीजका अध्यक्ष जेसी नारायण बस्नेतले बताउनु भयो ।
कमलनगर जेसीजका महासचिव भिम अधिकारीले सन्चालन गर्नु भएको थियो भने कमलनगर जेसीजका पूर्वअध्यक्ष हेम बहादुर दाहालले स्वागत गर्नु भएको थियो ।
साथै सोही कार्यक्रममा नयाँ सदस्यहरुलाई जेसीज पिन समेत वितरण गरिएको थियो ।
Discussion about this post