काँकरभिट्टा । मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले जित हासिल गरेको छ ।
मंगलवार बिहान ४ बजे सम्पन्न मतगणना अनुसार एमालेका नगरप्रमुखका उम्मेद्वार गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरी विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीलाई ५ हजार १६७ मतले पराजित गरेका हुन् प्रतिद्धन्दी बुढाथोकीले २१ हजार ३११ मत मात्र प्राप्त गरेका छन् । राप्रपाका रमेश दाहालले ३ हजार ८९५ मत पाए । निर्वाचित नगर प्रमुख प्रदेश सांसदबाट राजीनामा दिएर नगर प्रमुखमा निर्वाचित भएका हुन् ।
त्यस्तै एमालेबाट उपप्रमुखकी उम्मेद्वार मिना पोखरेल उप्रेतीले २१ हजार ५९० मतसहित निर्वाचित भईन् उनका प्रतिस्पर्धीहरु गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८ र राप्रपाकी सविना बजगाईले ९ हजार ८८० मत प्राप्त गरेका छन् ।















Discussion about this post