कमल – झापाको कमल गाउँपालिकाका निवर्तमान उपाध्यक्ष वेणु शिवाकोटी कमल-६ को खुला वडा सदस्य निर्वाचनमा पराजित भएका छन् ।
कमल-६ को अन्तिम मतपरिणाम अनुसार खुल्ला सदस्यका उम्मेदवार शिवाकोटी ९ मत अन्तरले पराजित भएका हुन् ।
उनी गठबन्धनतर्फका कांग्रेसी उम्मेद्वार ओम पराजुलीसँग पराजित भएका हुन् । पराजुलीले १४३५ प्राप्त गरे भने शिवाकोटीले १४२६ मत पाए । शिवाकोटीले २०७४ को स्थानीय तह निर्वाचनमा भने सर्वाधिक मत पाएर पालिका उपाध्यक्षमा जितेका थिए ।
Discussion about this post