कमल – झापाको कमल गाउँपालिका वडा नम्वर ५ को अध्यक्षमा गठबन्धनका तर्फ बाट लाल बहादुर विष्ट निर्वाचित हुनुभएको छ ।
विष्टले गोलाकार भित्र हँसिया हथौडा चिन्नमा १,५९२ मत प्राप्तगरी विजयी हुनु भएको हो भने वहाँका निकटतम् प्रतिष्पर्धी एमालेका खगेन्द्र तिवारीले सुर्यचिन्नमा १,४६७ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी खुल्ला महिला सदस्य तर्फ एमालेकी चन्द्रकला सुब्बाले सुर्य चिन्नमा १,६२५ मत प्राप्त गरी विजयी हुनु भएको छ भने दलित महिला सदस्यमा भुमिका महरा दर्जीले सुर्य चिन्नमा १,५६३ मत प्राप्त गरी विजयी हुनु भएको हो ।
खुल्ला पुरुष सदस्यमा ओम कुमार प्रधानले सुर्य चिन्नमा १,५१४ मत तथा चुरुङहाङ लावतीले सुर्य चिन्नमा १,४९८ मत प्राप्त गरी विजयी हुनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।
Discussion about this post