काठमाडाैं : कुवेतको एयरलाइन जजीरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सेवा सुरु गरेको छ।
बुधवार जजीरा एयरवेजले काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवा सुरु गरेको जानकारी दिएको हो।
जजीरा एयरवेजले मध्य–पूर्व, एसिया र युरोपमा आफ्नो सेवा विस्तार गरेको जनाएको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीराले उडान सुरु गर्नाले मध्य–पूर्व र युरोपमा बसोबास गर्ने समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष जोडिन सक्ने जजीरा एयरवेजले बताएको छ।
यस उडानले कुवेत र मध्य–पूर्वको यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गरिएको छ। -Thahakhabar















Discussion about this post