धरमपुर – झापाको शिबसताक्षी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले वार्ड अध्यक्षमा पहिलो पटक बिजय सुरुवात गरेको छ ।
शिबसताक्षी २ (धरमपुर मंगलबारे) मा नेकपा (एमाले) का वार्ड अध्यक्ष पदका उम्मेद्वार प्रदिप चिमोरियालाई निकै ठूलो मतले पछि पार्दै भीम नेम्बाङ विजयी भएका हुन् । नेम्बाङ नेकपा (माओवादी केन्द्र) का तर्फबाट वार्ड अध्यक्ष उम्मेद्वार हुन् ।
वार्ड अध्यक्षमा नेम्बाङ बिजय भएपनि वडाका चार जना सदस्य पदमा भने नेकपा (एमाले) का उम्मेद्वारहरु वार्ड सदस्यमा बिजय भएको छन् । नेम्बाङ नेकपा (माओवादी केन्द्र) का २ नम्बर वार्ड कमिटी अध्यक्ष हुन् ।
मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नवनिर्वाचित वार्ड अध्यक्ष नेम्बाङले स्थानीयवासीका निम्ति विकास निर्माणका कार्यमा महत्वपूर्ण योगदान गरेको बुद्धिजीविहरु बताउँछन् ।
Discussion about this post