दमक – आसन्न निर्वाचनलाई लक्षित गरेर नेकपा (एकीकृत समाजवादी) दमक २ वडा कमिटीले चुनाव प्रचार प्रसार तथा सम्पर्क कार्यालय स्थापना गरेको छ । आम्दा अस्पतालको दक्षिणतर्फ स्थापना गरिएको सो कार्यालयको सोमबार एक समारोहबीच नेकपा (एकीकृत समाजवादी) प्रदेश कमिटी सदस्य तथा शसस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्कीले उद्घाटन गर्नुभएको छ ।
सोमबार नगर उपप्रमुखसहित वडा नं २ मा वडा अध्यक्षसहित एक जना खुल्ला तर्फको वडा सदस्यको उम्मेद्वार गराएको एकीकृत समाजवादीले निर्वाचनलाई लक्षित गरेर चुनाव प्रचार-प्रसार तथा सम्पर्क कार्यालय स्थापना गरेको हो । जिल्ला कमिटी सदस्य तथा दमकका युवा व्यवसायीसमेत रहनुभएका खेलकुद र संगीतकर्मी टिकाराम प्रसाईले वडा अध्यक्षमा र वडा सदस्यमा सुमन कार्कीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
कार्यालय उद्घाटनमा प्रमुख अतिथि समेत रहनुभएका प्रदेश कमिटी सदस्य कार्कीले वैशाख ३० गते सम्पन्न हुदै गरेको स्थानीय तहको निर्वाचनमा जुट्न सवै नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
सो अवसरमा प्रदेश कमिटी सदस्य शान्तिराम आचार्य, सुवास सुवेदी, नगर उपप्रमुखका उम्मेद्वार तथा दमक नगर अध्यक्ष महेश घिमिरे, दमक नगर इन्चार्ज हरि नेपाल, १ नम्बर वडा कमिटीका अध्यक्ष चन्द्र थापा, २ नम्बर वडा कमिटी अध्यक्ष युवराज दुलाल, ३ नम्बर वडा कमिटीका अध्यक्ष किरण भट्टराई, दमक नगर सदस्य राजु भट्टराई, नरेश भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post