काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा पार्टी कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भनाइ छ ।
घोषणापत्रमा पार्टीले विगतमा गरेका जनपक्षीय काम कारबाहीका साथै आगामी दिनका योजना सविस्तार व्याख्या गरिएको छ ।
त्यस्तै, एमालेद्वारा जारी घोषणापत्रमा,सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका, कृषि,रोजगारी, गुणस्तरीय शिक्षा, खानेपानी, आधुनिक ऊर्जा, औद्योगीकरण, आर्थिक वृद्धि, विकास र वातावरणको सन्तुलन,दिगो विकास लगायतका पक्षमा जोड दिइएको छ ।
एमालेद्वारा स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक :
Discussion about this post