दमक, २३, चैत्र, २०७८ – दमकमा सम्पन्न भएको कम्युनिस्ट पार्टी माओबादी केन्द्र्को दमक नगर समिती बिस्तारित बैठकमा आउने स्थानिय निर्बाचनमा चुनावी तालमेलका बिषयमा पार्टिका केन्द्रीय समिती सद्स्य रन्जित तामाङ्ग तथा प्रदेश समितिका कोशाध्यक्ष गगन पुरी पार्टिका झापा जिल्ला सचिव मोहन टुडु बिस्तारित बैठकका प्रमुख अतिथी पार्टिका केन्द्रीय सदस्री तथा प्रदेश १ समितिका सह-ईन्चार्ज सावित्री कुमार काफ्ले (समर)ले पार्टिका दमक नगर समितिले पार्टी गतिबिधी सङ्ग्ठनले निर्बाह गर्नुपर्ने भुमिकाका बिषयमा सम्बोधन गरेका थिए ।
उक्त बिस्तारित बैठकमा सम्बोधन गर्दै सबै अतिथिहरुले एमाले बाहेक्का अरु सबै दलसङ्ग चुनावी तालमेल गर्न सकिने भन्दै अब पार्टिका सबै सद्स्यहरुले ईमान्दारिताका साथ पार्टि केन्द्रको निर्देशनलाई पालन गर्नुपर्ने बताए ।उक्त बिस्तारित बैठक मा दमक नगरका १० वटै वडाका पार्टी प्रतिनिधिहरुले वडापार्टिका गतिबिधी साङ्गठानिक सरचनाका बिसयमा जानकारी गराएका थिए । माओबादी केन्द्र दमक नगर समितिको बिस्तारित बैठक नगर अध्यक्ष कुल बहादुर बस्नेतको अध्यक्षता तथा पार्टिका केन्द्रीय समिती सद्स्य तथा प्रदेश १ सह-ईन्चार्ज सावित्री कुमार काफ्ले (समरको) प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।
Discussion about this post