दमक – प्रेस चौतारी नेपाल माइपश्चिम क्षेत्रीय कमिटीको अध्यक्षमा भूमिराज पराजुली सर्बसम्मत चयन भएका छन् ।
चौतारी माई पश्चिम झापाको बुधबार सम्पन्न चौंथो अधिवेशनले पराजुलीको नेतृत्वमा ९ सदस्यीय कमिटी चयन गरेको हो ।
निर्वाचित उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः लक्ष्मी अधिकारी, कोशिष शिवाकोटी, सृष्टि गुरागाई र दिपेश पोखरेल रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः मातृका पौडेल, जयकुमार राई, कमल कटुवाल, र मन राई रहेका छन् ।
निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुरमा गदालले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा चौतारीका केन्द्रिय सदस्य टिकाराम उप्रेतीको अध्यक्ष मण्डलले कार्यसमितीको नामावाली प्रस्ताव गर्नु भएको थियो । सोहि नामलाई कार्यक्रममा सहभागीहरुले स्विकार गरेपछि पारित भएको थियो ।
पत्रकार मञ्च दमकको सभाहलमा सम्पन्न कार्यक्रममा चौतारीका केन्द्रीय सदस्य टिकाराम उप्रेती, झापा जिल्ला अध्यक्ष मनकुमार गदाल, अग्रज पत्रकार गञ्जबहादुर दाहाललगायतको आतिथ्यता रहेको थियो ।
Discussion about this post