भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले इजाजतप्राप्त हातहतियारहरू बुझाउन आग्रह गरेको छ ।
आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र मर्यादितरूपमा सम्पन्न गर्न आफूसँग भएका हातहतियारहरू बुझाउन सर्वसाधारणलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले बताए ।
स्थानीय प्रशासनको आग्रहअनुसार चैत मसान्तभित्र इजाजतप्राप्त भएका हातहतियारहरू आफूलाई पायक पर्ने प्रहरी एकाइहरूमा बुझाउनुपर्नेछ । निर्धारित समयमा अटेर गरी हातहतियार नबुझाएमा खोजतलास गरी कानुनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि पुनः फिर्ता गरिनेछ ।















Discussion about this post