दाङ । दाङको राप्ती गाउँपालिका–१ माथिल्लो भालुबाङको राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको सितगंगा नगरपालिका–८ लापेका अन्दाजी २५ वर्षीय शुक्रराज घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय घोराहीले जनाएको छ ।
विदेशबाट तीन महिना पहिले मात्रै फर्किएका मगरको नदीमा नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको थियो । मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै, घोराहीमा मानव निर्मित तालमा डुबेर अर्का एक व्यक्तिको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–२ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको गौरीशंकर तलाउनमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
भैसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेऊमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । घाइते उनको खोजतलास गर्दा शव फेला परेको प्रहरीले जनाएको छ । चौधरीको शव भने पोष्टमार्टमपछि परिवारले बुझाइसकेको प्रहरीले जनाएको छ ।















Discussion about this post