कमल कटुवाल, कमल । झापाको कमल गाउँपालिकामा रहेको श्री नेपाल दुग्ध उत्पादक सहकारी संस्थाको आज शनिबार नवनिर्मित भवन समुद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कमल-४ स्थित जोगिचौनमा रहेको यस संस्थाको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको बाहुलीबाट समुद्घाटन गरिएको छ । विगतको २ वर्ष कोरोना महामारीको कारण समुद्घाटन गर्ने नसकिएको हुदाँ आज एक कार्यक्रमका बिच भवनको समुद्घाटन गरिएको हो ।
त्यसैगरी उक्त कार्यक्रममा संस्थालाई जग्गादान दिनुहुने जग्गादाता भिम बहादुर श्रेष्ठ र उहाँकी पत्नी तीलमाया श्रेष्ठलाई संस्थाले सम्मानपत्र, दोसल्ला ओढाएर सम्मान गरिएको संस्थाका व्यवस्थापक हरि अधिकारीले बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले रहनुभएको थियो भने अतिथिहरुमा संस्थाका जग्गादाता भिम बहादुर श्रेष्ठ, श्रीमति तीलमाया श्रेष्ठ, कमल गाउँपालिका वडा नं. ४ का वडासदस्य बेदनिधि पोख्रेल, श्री ज्योति माध्यमिक विद्यालय कमल-२, भुत्लुङ्गका सहायक प्रधानाध्यापक नारायण बस्नेत, गौरादह नगरपालिका वडा नं. १ की कार्यपालिका सदस्य देवीमाया श्रेष्ठ, संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु, लेखा संयोजक, लेखा सदस्य, शेयरसदस्यहरु तथा संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
साथै कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सञ्चालक सदस्य मकर लावती राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक हरि अधिकारीले गर्नुभएको थियो ।
Discussion about this post